१४ भाद्र २०८३, आईतवार
,
Latest
सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ” भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

अराजक गतिविधिमा संलग्न जोसुकैलाई कानूनी दायरामा ल्याइने: गृहमन्त्रालय



अ+ अ-

काठमाडौं – गृह मन्त्रालयले अमानवीय र अराजक गतिविधिबाट टाढा रहन आग्रह गर्दै कानून विपरीतका कार्यमा संलग्न जोसुकैलाई कानूनी दायरामा ल्याइने चेतावनी दिएको छ।

गृह मन्त्रालयका सहसचिव छवि रिजालले पत्रकार सम्मेलन मार्फत कारबाहीको चेतावनी दिनुभएको हो ।

उहाँले हिंसात्मक प्रदर्शनको निन्दा गर्दे पूर्वराजा समर्थकहरूको प्रदर्शनका क्रममा संविधान विपरीत गतिविधि गर्दै हातहतियार सहित उपस्थित भई सार्वजनिक सम्पत्ति र सुरक्षाकर्मीमाथि आक्रमण गरेको जनाउनु भयो ।

शान्तिपूर्ण प्रदर्शनको अधिकार तर अराजक गतिविधि अस्वीकार्य भएको उल्लेख गर्दे मन्त्रालयले नागरिकको शान्तिपूर्ण प्रदर्शनको अधिकारलाई सम्मान गर्ने तर विधि विपरीत भएका गतिविधिहरू सह्य नहुने स्पष्ट पारेको छ। म

न्त्रालयले सार्वजनिक सम्पत्ति तोडफोड तथा सुरक्षाकर्मीमाथिको आक्रमणलाई गम्भीर रूपमा लिएको जनाएको छ।

लोकतान्त्रिक शासन व्यवस्थाको संरक्षण गर्ने प्रतिबद्धता विज्ञप्तिमा नेपाल सरकार विधिको शासन कायम गर्न प्रतिबद्ध रहेको उल्लेख छ। जातीय, धार्मिक वा अन्य कुनै बहानामा अशान्ति सिर्जना गर्ने तत्वहरूलाई कारबाही गरिने बताइएको छ।

गृह मन्त्रालयले सबै नागरिकलाई अमानवीय र अराजक गतिविधिबाट टाढा रहन आग्रह गरेको छ ।