१४ भाद्र २०८३, आईतवार
,
Latest
सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ” भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानमारमा शक्तिशाली भूकम्प, बिमस्टेक स्थगित हुन सक्ने



अ+ अ-

काठमाडौं ।  एसियाली मुलुक म्यानमारमा शुक्रबार दिउँसो शक्तिशाली भूकम्प गएको छ । राजधानी यांगुनको आसपास केन्द्रबिन्दु भएर आज ७.७ म्याग्नीच्युडको भूकम्प गएको हो ।

भूकम्पको झट्का थाइल्यान्ड र चीनमा समेत महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

म्यानमारमा भूकम्पले ठूला ठूला भवनहरू भत्किएके छन् भने मानिसहरुका बीचमा भागदौड मच्चिएको छ । त्यस्तै अवस्था थाइल्याण्डमा पनि छ ।

भूकम्प गएपछि मानिसहरू घरबाहिर निस्किएर सडक र खाली ठाउँमा जम्मा भएका छन् । सडकमा चिरा परेको देखिएको छ भने कैयौँ घर भत्किएका देखिएको छ ।

यो भूकम्पका कारण थाइल्याण्डमा आगामी हप्ता हुन लागेको बिमस्टेकको छैटौँ शिखर सम्मेलन पनि स्थगित हुन सक्ने अनुमान गरिएको छ ।

म्यानमार र थाइल्याण्ड दुवै देश सो समूहका सदस्य हुन् । कुनै एक देशको सहभागिता नहुने हो भने सम्मेलन रोकिन्छ । म्यानमार सरकारले त्यहाँका छ स्थानमा संकटकाल नै घोषणा गरेर सहयोगका लागि अन्तर्राष्ट्रिय दाताहरुसँग आग्रह गरिरहेको छ ।

नेपालका प्रधानमन्त्री केपी ओली र परराष्टमन्त्री डा आरजु राणा देउवा सो सम्मेलनमा सहभागी हुने कार्यक्रम तय भएको थियो । साथै प्रधानमन्त्रीले थाइलाण्डको औपचारिक भ्रमण पनि गर्ने कार्यक्रम नेपाल सरकारले तय गरेको थियो ।

फोटो- एफपी/ रासस