१६ असार २०८३, मंगलवार
,
Latest
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

साझा दायित्वबोधका साथ एकताबद्ध भई लाग्न आजको दिनले प्रेरणा देओस्ः मुख्यमन्त्री गुरुङ



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आदिवासी जनजातिका सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक अधिकारको प्रयोग र रक्षा गर्दै थप अधिकारको सुनिश्चितताका लागि अघि बढ्ने बताएका छन् ।

मुख्मन्त्री गुरुङले २६औँ विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना दिँदै समृद्ध नेपाल र  सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न साझा दायित्वबोधका साथ एकताबद्ध भई लाग्न आजको दिनले प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरेका छन् । 
 
बन्दाबन्दी हटे पनि कोभिड–१९ को सङ्क्रमणको जोखिम कायमै रहेको हुँदा आवश्यक सुरक्षा र सजगता अपनाउन उहाँले सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा आग्रह गरेका छन् ।

संयुक्त राष्ट्र सङ्घले सन् १९९४ मा आदिवासी जनजातिका आधारभूत मानवाधिकार संरक्षण र संवद्र्धनका लागि विश्व आदिवासी दिवस मनाउने घोषणा गरेको थियो ।  नेपालमा पनि आदिवासी जनजातिको अधिकार र मागलाई उठान गर्ने दिनका रूपमा प्रत्येक वर्ष अगष्ट ९ का दिन यस दिवस विभिन्न कार्यक्रमका साथ मनाउने गरिएको छ ।