२० मंसिर २०८२, शनिबार
,
Latest
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभाको बैठक एक घण्टाका लागि स्थगित



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

शुक्रवार राष्ट्रिय सभा बैठकको कारबाही शुरु गर्न खोज्दा विपक्षी दलहरुले अवरोध गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले बैठक एक घण्टापछि बस्ने गरी स्थगित गर्नुभएको हो ।

विपक्षीहरु उठेर विरोध जनाएपछि अध्यक्ष दाहालले विपक्षीको तर्फबाट राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्मालाई बोल्न समय दिनुभयो । सांसद विश्वकर्माले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले पदमुक्त गरेको विषयमा विपक्षीले प्रधानमन्त्रीको जवाफ माग गरेको तर प्रधानमन्त्री सदनप्रति जवाफदेही नभएको भन्दै सदन स्थगित गर्न माग गर्नुभयो ।

अध्यक्ष दाहालले राष्ट्रिय सभाको गरिमा बचाउन पनि आसन ग्रहण गरेर सहयोग गर्न आग्रह गर्नुभयो । राजनीतिक दलहरु आफै सक्रिय भएर समस्याको समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अध्यक्ष दाहालले पटक–पटक आशन ग्रहण गरेर बैठक सुचारु गर्न आग्रह गरेपनि विपक्षी सांसदहरुले अवरोध कायमै राखेपछि उहाँले बैठक एक घण्टाका लागि स्थगित भएको घोषणा गर्नुभयो ।