१६ असार २०८३, मंगलवार
,
Latest
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा भयबह बन्दै कोरोना भाइरस, संक्रमितको संख्या २१ लाख ५३ हजार



अ+ अ-

नयाँदिल्ली । भारतमा विगत २४ घण्टाको अवधिमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या ६४ हजार ३९९ जना रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोनाभाइरस संक्रमित व्यक्तिमध्ये ८६१ जनाको मृत्यु भएको छ । भारतमा यो सहित मृत्यु भएका व्यक्तिको कूल संख्या ४३ हजार ३७९ पुगेको छ । साथै कूल संक्रमितको संख्या पनि २१ लाख ५३ हजार नाघेको छ । 

स्वास्थ्य अधिकारीहरुले कूल संक्रमितमध्ये १४ लाख ८० हजार ८८५ जना निको भएर डिस्चार्ज भएका छन् । अहिले पनि ६ लाख २८ हजार ७४७ जना विभिन्न स्वास्थ्य केन्द्रमा उपचार गराइरहेका छन् ।

भारतीय चिकित्सा अनुसन्धान परिषदले अगष्ट ८ का दिन ७ लाख १९ हजार ३६४ जनाको परीक्षण गरिएको जनाउँदै कोरोना संक्रमण देखिन थालेयता हालसम्म कूल २ करोड ४१ नमुना परीक्षण गरिएको बताएको छ ।