१० बैशाख २०८२, बुधबार
April 23, 2025 Wednesday

32.27°C

काठमाडौं

32.27°C

Kathmandu

Feels-like: 30.18

Wind: 5.14

Humidity: 19

Latest
नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याइने भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारीले अब निवृत्तिभरण नपाउने प्रधानमन्त्री ओलीसँग ब्राजिलियन फुटबलर कार्लोसको भेट-फोटोफिचर धुलिखेल–साँगा सडकः पुलबजार क्षेत्रमा काम रोकियो भारतीय विद्युत् मन्त्रीद्वारा मुक्तिनाथमा पूजार्चना पहलगाम हमलाः हनिमुन मनाउन गएका जोडीको वियोग, नाम सोधेर आतंककारीले गोली हाने विद्यार्थीको अधिकारप्रति सचेत हुँदै शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न सिजपको आग्रह काश्मीरमा २६ जनाको हत्या गर्ने बन्दुकधारीको खोजीमा भारत प्रगतिशील प्राध्यापक सङ्गठनमा नयाँ नेतृत्व चयन सुनको मूल्य तोलामा एकैदिन ७५०० ले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चमा कुलमान भर्सेस हितेन्द्र



अ+ अ-

नेपाल विद्युत्त प्राधिकरणका वर्तामान र निःवर्तमान कार्यकारी निर्देशकले दायर गरेको रिट सर्वोच्च अदालतको एकै इजलासमा पेशी तोकिएको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा पेशी गोलावाट तोकिएको हो ।

सरकारले हालै बर्खास्त गरेका कार्यकारी निर्देशक कुलमान घिसिङको मुद्दा ख (दुई) नम्बरमा पेशी तोकिएको छ । वर्तमान कार्यकारी निर्देशक ङ (पाँचौ ) नम्बरमा हितेन्द्रदेव शाक्यको निवेदनमा पेशी तोकिएको छ ।

बिहीवार सर्वोच्च अदालतमा विद्युत प्राधिकरणवाट बर्खास्तीमा परेका कार्यकारी निर्देशक घिसिङ र नव नियुक्त शाक्य दुवैको रिट निवेदन दर्ता भएको थियो ।

आफूलाई अन्याय भएको भनि कुलमानले बुधवार अबेर पेश गरेको रिट सर्वोच्चले विहिबारमात्र दर्ता गरेको थियो । कुलमान सर्वोच्च पुगे लगत्तै हितेन्द्रदेव शाक्य पनि सर्वोच्च पुगेका थिए । ४ वर्षअघि आफूलाई अन्यायपूर्वक पदबाट हटाएको र अदालत आउँदा समेत न्याय नपाएको तथा उक्त अवधिको सेवा सुविधा पाउनुपर्ने दाबी शाक्यले गरेका छन् ।

कसरी अघि बढ्छ कुलमान र हितेन्द्रको मुद्दा

निःवर्तमान कार्यकारी निर्देशक कुलमानले दायर गरेको यो मुद्दा पहिलो हो भने कार्यकारी निर्देशक हितेन्द्रले दायर गरेको रिट दोस्रो हो ।
शुक्रवार दुवै मुद्दा एक न्यायाधीश(एकल)को इजलासमा पेशी तोकिएको छ । दुवैको मुद्दा अलग अलग पेशी तोकिएको छ । इजलासले पहिलो सुनुवाई गर्ने भएकाले अलग अलग बहस हुने भएको हो । सरकारी पक्षले चाहेमा भने इन्टरभेन्सन(हस्तक्षेप) वहस पनि हुन सक्नेछ । सरकारी पक्षले पहिलो सुनुवाईमै आफ्नो उपस्थिति आवश्यक छ भनि ठानेमा इन्टरभेन्सन वहसका लागि निवेदन दिन पाउने न्यायिक अभ्यास रहेको छ । यही अभ्यास अन्तर्गत सरकारी पक्ष पनि मिसिएमा यी दुवै मुद्दा एकै विषय र एउटा क्षेत्रका भएकाले साथै राखेर सुनुवाई गर्नसक्ने छ । इजलासलाई फरक—फरक सुनुवाई गर्नुपर्ने लागेमा भने अलग अलग नै सुुनुवाई गर्नेछ । कसरी सुनुवाई गर्ने भन्ने विषय अब इजलासको अधिकारभित्र पुगेको छ ।

आज सर्वोच्चमा कारण देखाउ आदेश र अन्तरिम आदेश जारी गर्ने कि नगर्ने विषयमा बहस हुनेछ । सर्वाेच्चले रिट निवेदकसहितका कानून व्यवसायीको बहस सुनेपछि अन्तरिम आदेशवारे निर्णय लिनेछ । सर्वोच्चले घिसिङलाई पदवाट हटाउने निर्णय तत्काल प्राप्त प्रमाणले कार्यान्वयनमा रोक लगाउनुपर्ने देखेमा अन्तरिम आदेश, अन्तरकालिन अन्तरिम आदेश वा अल्पकालिन अन्तरिम आदेश जारी गर्ने छ । यी मध्ये कुनैपनि अन्तरिम आदेश जारी गरेमा घिसिङ केही समयमा लागि पदमा पुनर्बहाली हुनेछन् । तर सरकारले नियुक्ति गरेका हितेन्द्रदेव शाक्यले शपथ समेत लिएर जिम्मेवारी सम्हालिसकेका कारण अन्तरिम आदेश हुने सम्भावना देखिन्छ । सर्वोच्चले अन्तरिम आदेश जारी नगरेमा कारण देखाउ आदेश जारी गर्दै सबै पक्षलाई छलफलमा बोलाउनेछ । सर्वोच्चले लिखित जवाफ पनि माग गर्नेछ । सर्वोच्चले कारण देखाउ आदेश जारी गरेमा कुलमान प्राधिकरणमा फर्कने च्याप्टर फैसला नभएसम्मका लागि क्लोज हुनेछ ।

४ वर्षदेखि विचाराधिन मुद्दा

सर्वोच्चले शुक्रवार २०७८ सालदेखि विचाराधिन हितेन्द्रदेव शाक्यले दायर गरेको मुद्दा सँगै राख्ने सम्भावना धेरै देखिन्छ । शाक्यले पनि निवेदन दर्ता गराएकाले ४ वर्ष पुरानो मुद्दा र नयाँ दुई वटा मुद्दा एकै ठाउँमा राखेर फैसला सुनाउँदै सबै पक्षमाथि सर्वोच्चले एकै पटक न्याय निरुपण गर्नसक्ने देखिन्छ ।

४ वर्षअघि शाक्यलाई हटाएर घिसिङ कार्यकारी निर्देशक भएका थिए भने । मंगलवार निर्वतमान कार्यकारी निर्देशक घिसिङलाई पदबाट हटाउँदै शाक्यले यस पटक प्राधिकरणमा फर्केका हुन् । यही कारण यी सबै मुद्दा एक आपसमा परस्पर सम्बन्धित छन् ।

२०७८ साउन २४ गतेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसको तीन दिनपछि साउन २७ मा नियुक्तिपत्र बुझेलगत्तै घिसिङले शाक्यलाई प्रतिस्थापन गरेका थिए । तत्कालीन समयमा आफूलाई हटाएर नियुक्ती पाएका घिसिङको नियुसक्त बदर माग गर्दै शाक्य सर्वोच्च पुगेका थिए । सर्वोच्च उनी अन्तिम समयसम्म धाइरहे । माघ अन्तिमसम्म उनी मुद्दा फैसला हुने आसामा सर्वोच्च धाएका थिए । त्यसपछि उनी अदालतबाट न्याय नपाउने आश मारेर बसेका थिए । तर सोमवारको मन्त्रीपरिषद्ले उनलाई एक्कासी सरप्राइज दियो । मन्त्रीपरिषद्ले एक्कासी आफूलाई नियुक्ति दिएपछि शाक्य आफै सरप्राइज भए ।

उनले प्राधिकरणमा आफू आएपछि लोडसेडिङ हुन्छ कि भनि चलेको हल्लाको पछि नलाग्न पनि आग्रह गरेका छन् । उनले प्राधिकरणलाई झन पारदर्शी र व्यवस्थित बनाएर लैजाने र जनताको कुनैपनि गुनासो आउन नदिने गरि आफूले काम गर्ने दावी उनले गरे ।

पुरानो मुद्दामा के छ अवस्था ?

कुलमान घिसिङ विरुद्ध प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशन शाक्यले दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधिन छ ।
२०७८ सालदेखि सर्वोच्च धाउन थालेका प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्य माघको अन्तिममा अनिवार्य अवकाश भए । उनले आफूलाई हटाउने निर्णय कानून सम्मत थियो कि गैरकानूनी थियो भन्ने फैसला नै सुन्न पाएनन् । शाक्यले अन्तिम समयमा अग्राधिकारको निवेदन पनि दिएर छिटो सुनुवाई गराउने प्रयास गरेका थिए । शाक्यले अवकाश पाउनु अघि माघ २१ गते सर्वोच्चमा पेसी थियो । न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुङ्गाना इजलासमा तोकिएको पेसी हेर्न नमिल्ने हुदै स्थगीत भयो यो संगै शाक्यको प्राधिकरण फर्केने च्याप्टर क्लोज भएको थियो । तर कुलमानको दोस्रो नियुक्ति संवैधानिक कि असंवैधानिक भन्ने विवाद भने बाँकी नै छ ।

यो मुद्दालाई अवको पेसी २०८१ असार १० गते तोकिएको छ । २०७८ साउन २४ गतेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसको तीन दिनपछि साउन २७ मा नियुक्तिपत्र बुझेलगत्तै घिसिङले सोही दिन पदबहाली गरेका थिए । पद बहाली गरेको दिन ४ वर्षको पदावधी २०८२ साउन २७ गतेसम्म कायम थियो । अव सर्वोच्च अदालतले घिसिङले अवकाश पाउनु भन्दा एक महिना अघि मुद्दाको सुनुवाई गर्नेछ ।

यस्तो हुँदा २०७८ सालमा नियुिक्तको निर्णय र २०८२ मा हटाउने निर्णय एकै पटक न्यायीक परीक्षण हुनेछ ।