
काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले विकास निर्माणको हिसावमा ललितपुर महानगरपालिका पुलमय भएको बताउनुभएको छ ।
बिहीवार ललितपुर महानगरपालिका वडा नम्बर १४, २६ र २५ जोड्ने नख्खु खोलामा निर्मित पुल उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले महानगपालिकाले नगरवासीको सुविधालाई ध्यानमा राखेर आवश्यक स्थानमा पुल निर्माण गरिरहेको बताउनु भयो । उहाँले चक्रपथको कुसुन्ती क्षेत्रमा सडक पार गर्ने क्रममा ट्राफिक दुर्घटना परेर १६ जनाले ज्यान गुमाएको बताउनु भयो । उहाँले महानगरपालिका चक्रपथ क्षेत्रमा पुल र बत्तीको समस्याका कारण धेरै दुर्घटना हुने गरेको भन्दै उहाँले पुल निर्माण र सडक बत्ती जडान गरेर नगरवासीलाई सहजता प्रदान गर्न आफू लागि परेको बताउनु भयो । अपाङ्गतामैत्री पुल निर्माण आफ्नो प्राथमिकतामा रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ ललितपुर महानगरपालिकामा आइसकेपछि हाम्रो यहाँको विकस पुलमय भएको छ । अहिले तीन वटा पुल त उद्घाटन नै गरिसक्यौँ । अर्को पुलको सिलान्यास चाहीँँ उहाँ आउनुभएको अगाडि नै भएको हो । तर अब निकट भविष्यमै त्यो पुलेका पनि उद्घाटन हुन गइरहेको छ । कुसुन्तीमा अपाङ्गमैत्री पुल बनाइरहेका छौँ । त्यसमा चक्रपथ क्रस गर्न पुल बनाएको हौँ । हालसम्मको तथ्यांक हेर्ने हो भने त्यहाँ पुल नभएको कारणले १६ जना मान्छेहरु ट्रफिक दुर्घटनामा अकालमा मृत्युवरण गरिसकेको छ । तसर्थ, म मेयरलगायत जनप्रतिनिधिहरुको प्रखुख दायित्व भनेकै नजरवासीहरुलाई सानोतिनो घाउचोट पनि नलागोस् भन्ने नै हो । मान्छे मर्नु भनेको त अकल्पनीय कुरा हो । त्यहाँ थुप्रो मान्छेहरुले मृत्युवरण गरिसकेको कारणले त्यहाँ हामीले दुईटा कुराको व्यवस्थापन गर्न गइरहेका छौँ । एउटा अपाङ्गगतामैत्री पुल निर्माण गर्ने काम भयो । अर्को चाहिँ त्यहाँ बत्ती छैन, तर हामीले बत्ती राख्नका लागि सबै काम भइसकेको छ । ठेकेदार पनि मुबिलाइज भइसक्या छ र आउँदो दशैँसम्म बत्ती राख्छौँ भनेको छ ।’
मेयर महर्जनले रात्रीकालिन अवस्थामा हवाई जहाजबाट काठमाडौं उपत्यका छिर्ने बित्तिकै जुन शहर उज्यालो देखिन्छ त्यो ललितपुर महानगरपालिका हुनेगरी बत्ती राख्ने काम शुरु भएको बताउनु भयो ।