१२ श्रावण २०८३, मंगलवार
,
Latest
सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा… राधिका दासीद्वारा निष्पक्ष छानबिनको माग, न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै एमालेको सरकारलाई आग्रह लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’ पूर्वी जिल्लाका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार बनाउन खोजिएको हो, विरोध होइनः प्रमुख सचेतक थापा संसदलाई प्रभावकारी बनाउन र विधेयक अघि बढाउन सत्तापक्ष सक्रियः रास्वपा सचेतक धिताल प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नुपर्ने विपक्षीको माग सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभामा विपक्षीको अवरोधपछि एक घण्टाका लागि बैठक स्थगित



अ+ अ-

काठमाडौँ । प्रतिपक्षी दलहरूले आज पनि राष्ट्रिय सभा बैठकमा अवरोध गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै उनीहरूले बैठक अवरोध गरेका हुन् ।

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालनका लागि आग्रह गरेपनि विपक्षी दलहरूको तर्फबाट बोल्दै नेकपा एकीकृत समाजवादीका सांसद बेदुराम भुसालले प्रधानमन्त्रीको जवाफ माग गरे ।

प्रतिपक्षीले अवरोध जारी राखेपछि अध्यक्ष दाहालले आजै एक घण्टापछि बस्नेगरी बैठक स्थगित गरेका छन् ।

यसअघि हिजो बुधबारको बैठकमा पनि प्रतिपक्षी दलहरूले अवरोध गरेपछि बैठक नै स्थगित हुन पुगेको थियो ।




भर्खरै