१६ असार २०८३, मंगलवार
,
Latest
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रंक लाइन तथा डेडिकेटेड फिडरको प्रतिवेदन कार्यान्वयनको चरणमा छौ : सचिव घिमिरे



अ+ अ-

काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले ट्रंक लाइन तथा डेडिकेटेड फिडर सम्बन्धी विवाद समाधानका लागि तयार भएको प्रतिवेदन कार्यान्वयनको चरणमा रहेको बताउनुभएको छ । 

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद्बाट गठित समितिले तयार पारेको प्रतिवेदन मन्त्रिपरिषद्कै निर्णय अनुसार मन्त्रालयले कार्यान्वयन गर्न लागेको बताउनुभएको हो । उहाँले प्रतिवेदनमा उल्लेख भए अनुसार कार्यान्वयनको प्रक्रिया सुरु गर्न नेपाल विद्युत प्राधिकरण र विद्युत नियमन आयोगमा पठाउन लागिएको बताउनुभयो । विद्युुत उपभोक्ता उद्योगहरु र नेपाल विद्युत प्राधिकरणबीच ट्रंक लाइन र डेडिकेटेड फिडरको महसुल उठाउने सम्बन्धमा विवाद रहेको थियो । सोही विवाद समाधानका लागि सुझाव सहितको प्रतिवेदन तयार गर्न मन्त्रिपरिषद्ले उर्जा समचिव दिनेश कमुार घिमिरेको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले उद्योगीहरु र विद्युत प्राधिकरण बीच देखिएको विवादलाई तीन भागमा वर्गिकरण गरेर अध्ययन प्रतिवेदन तयार गरेको सचिव घिमिरेले बताउनुभयो । उहाँले २०७२ पुष महिना अघिको अवस्था, २०७२ पुष २९ गने देखि २०७५ बैशाख ३१ गते सम्म र त्यस भन्दा पछिको अवस्थालाई सुक्ष्म अध्ययन गरेर सुझाव पेश गरिएको बताउनुभयो । उद्योगीहरुले लोडसेडिङ हटेपछि पनि ट्रंक लाइन र डेडिकेटेड फिडरको महसुल उठाएको भन्दै नतिर्ने बताउँदै आएका छन् । यस्तै ट्रंक लाइन र डेडिकेटेड फिडरका लागि आवेदन नै नदिएका उद्योगहरुमा पनि त्यस्तो महसुलको बिल काटेको भन्दै उद्योगी व्यवसायीहरुले विरोध गरेका थिए । तर विद्युत प्राधिकरणले लोडसेडिङ भएको समयमा पनि ट्रंक लाइन र डेडिकेटेड फिडरको प्रयोग गरेको भन्दै महसुल उठाउने बताएको छ । उक्त महसुल नलिने निर्णय प्राधिकरण आफैले गर्न नसक्ने भएकाले प्राधिकरणको सञ्चालक समितिले पनि सोही अनुसार नै महसुल उठाउने निर्णय गरेको बताउनुभयो । २०७२ पुष १९ देखि २०७५ वैशाख ३१ गते सम्म पनि उद्योगहरुले लोडसेडिङको अवस्थामा नबसी विद्युत उपभोग गरिरहेको देखिएकोले सोही अनुसार महसुल निर्धारण गर्न प्राधिकरणलाई सिफारिस गरेको र बाँकीको हकमा विद्युत नियमन आयोगलाई समस्या समाधान सिफरिस गरिएको बताउनुभयो ।

विभिन्न समयमा अदालतले दिएका आदेशको विवरणलाई अध्ययन गरेर पनि प्रतिवेदन तयार पारिएको सचिव घिमिरेले बताउनुभयो । उद्योगहरुले कुनैपनि समयमा लोडसेडिङमा नबसेको र ट्रंक लाइन र डेडिकेटेड फिडरको प्रयोग गरेकाले महसुल तिनैपर्ने गरी सिफारिस गरिएको बताउनुभयो । समितिले विस्तृत अध्ययनका लागि उपसमिति समेत गठन गरेको थियो ।