१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

सुखद् नतिजा ल्याउने अपेक्षामा एफसी चितवन र पोखरा

सुखद् नतिजा ल्याउने अपेक्षामा एफसी चितवन र पोखरा
अ अ+ अ-

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करण नजिकिँदै गर्दा फ्रेन्चाइज टोली एफसी चितवन र पोखरा थन्डर्सले आफ्नो तयारीमा तीव्रता दिइरहेको छ ।

आगामी शनिवार दशरथ रंगशालामा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी प्रतिस्पर्धा गरेसँगै तेस्रो संस्करणको खेल शुरु हुनेछ । तेस्रो संस्करणमा कुल सात टोलीले प्रतिष्पर्धा गर्दैछन् । तीमध्ये चितवन र पोखराले आफ्नो तयारीलाई तिब्रता दिइरहेको छ । पछिल्ला दुई संस्करणको नतिजा हेर्ने हो भने पोखराले राम्रो नै प्रदर्शन गरेको थियो । तर, चितवनको भने दुवै संस्करण सुखद हुन सकेको थिएन । पहिलो संस्करणमा पोखरा र चितवन दुवै प्लेअफमा पुग्न असफल टोली हुन् । तर दोस्रो संस्करणमा पोखरा लिगको अंकतालिकामा शिर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको थियो ।

प्लेअफमा भने पोखराको सुखद प्रदर्शन गर्न सकेन । चितवनले भने लगातार दोस्रो संस्करणमा पनि खराब प्रदर्शन जारी राख्यो । ९ टोली सहभागी लिगको सातौं स्थानमा रहेर यात्रा टुङ्गाएको थियो । यसपल्ट भने पोखरासँगै चितवनले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुग्ने लक्ष्य राखेको छ । पोखरा थन्डर्सका सिनियर खेलाडी नवयुग श्रेष्ठले यसपल्ट युवा र राम्रो विदेशी खेलाडीसहित सन्तुलित टोली बनेकाले सुखद नतिजा आउने अपेक्षा गरेका छन् । पोखराले १२ दिन देखि तयारी थालेको हो । यद्यपि, केही विदेशी खेलाडी अझै आउन बाँकी छ ।

क्षमतावान् युवा र विदेशी खेलाडी टोलीमा छन् । धेरै जोश भएका युवा खेलाडी रहेको र उनीहरूलाई गाइड गरेर राम्रो नतिजा ल्याउने आशामा नवयुग छन् । सबै टोली राम्रो रहेको र खेल प्रतिस्पर्धात्मक हुने भएकाले सतर्क भएर खेल्ने उनी बताउँछन् । अहिले एकअर्कालाई बुझ्ने गरी टिम सेट भइरहेको र प्रतिस्पर्धाको दिनसम्म टोली राम्रो आकारमा रहने उनको विश्वास छ ।

पोखरा र एफसी चितवनको पहिलो खेल नै आगामी सोमबार छ । यी दुवैले एकआपसमा प्रतिस्पर्धा गर्दै तेस्रो संस्करणको सुरुआत गर्दै छ । पोखरा थन्डर्सको मार्की युवा स्टार समीर तामाङ हुन् । समीरले आफ्नो टोलीले मैत्रीपूर्ण खेल खेलेको र त्यसक्रममा केही पक्षमा सुधार गरिएको बताए । टिममा राम्रा युवा र विदेशी खेलाडी रहेकाले सुखद प्रदर्शन आउने उनको अपेक्षा छ ।

एफसी चितवनले पछिल्ला दुई सिजन राम्रो नतिजा नआए पनि यसपल्ट च्याम्पियन बन्ने लक्ष्यसहित तयारी गरिरहेको छ । यसपल्ट सन्तुलित टोली बनेको अपेक्षा चितवनको छ । चितवनका जय गुरुङले पछिल्लो १० दिनदेखि प्रशिक्षण सुरु गरेको उल्लेख गर्दै अहिले ट्याक्टिल र टेक्निकल प्रशिक्षण सुरु भइरहेको बताए । प्रिसिजनका केही खेलहरू पनि खेलेको उनले उल्लेख गरे । पछिल्ला सिजनहरू राम्रो हुन नसकेकाले यसपल्ट सुखद नतिजा निकाल्ने लक्ष्यसहित खेल्ने जयले बताएका छन् । अनुभवी स्वदेशी खेलाडी र विदेशी खेलाडी रहेकाले बलियो टोली बनेको उनको विश्वास छ ।

चितवनका अर्का खेलाडी मिलन राईले पनि प्रशिक्षण धेरै राम्रो भैरहेको उल्लेख गरे । टोलीका खेलाडीबीच राम्रो तालमेल मिलाउने पक्षमा पनि काम भएको उनको भनाइ छ । राम्रा विदेशी र घरेलु खेलाडी पनि राम्रो रहेकाले सुखद नतिजाको अपेक्षामा उनी छन् ।

चितवनको प्रशिक्षक नवीन न्यौपाने हुन् । उनी नेपालका उत्कृष्ट प्रशिक्षकमध्ये एक हुन् । घरेलु फुटबलमा नवीन सफल प्रशिक्षक मानिन्छन् । उनको प्रशिक्षणमा त्रिभुवन आर्मी क्लबको फुटबल शैलीमा धेरै परिवर्तन आएको थियो । त्यसैले एनएसएलको तेस्रो संस्करणमा एफसी चितवनले सुखद नतिजा ल्याउने अपेक्षा गरिएको छ । यस संस्करणको एनएसलमा तीन नेपाली प्रशिक्षकमध्ये एक हुन्, सुमन श्रेष्ठ । उनले पोखरा थन्डर्सको प्रशिक्षण समालिरहेका छन् ।

युवा स्टारले भरिएको पोखराले सुमनको प्रशिक्षणमा राम्रो नतिजा ल्याउने अपेक्षा गरिएको छ । पोखरा थन्डर्समा पोर्चुगलको घरेलु फुटबलमा तेस्रो डिभिजन क्लबबाट खेल्दै आएका निसान हमाल पनि छन् ।