१६ चैत्र २०८१, शनिबार
March 29, 2025 Saturday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 16.59

Wind: 1.54

Humidity: 59

Latest
हिंसात्मक घटनाको छानबिन गर्न रास्वपाको माग पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वप्रधानमन्त्री दाहाल र नेपालको सुरक्षा टोलीमा हेरफेर काठमाडौं र ललितपुरले बराबरी खेले त्रिवि कीर्तिपुरमा आगामी १८ गते स्ववियु निर्वाचन हुने भाटभटेनीमा लुटपाट गर्ने सात जना पक्राउ क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट, सन्दीप र अनिल बाहिर मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो शुक्रबार भएको हिंसात्मक घटना आपराधिक क्रियाकलाप हो- माधवकुमार नेपाल ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २७ घाइते शाही युवा शक्तिका अध्यक्ष खड्कासहित दुई जना पक्राउ, हिरासतमा पुग्नेको सङ्ख्या ११३ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुखद् नतिजा ल्याउने अपेक्षामा एफसी चितवन र पोखरा



अ+ अ-

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करण नजिकिँदै गर्दा फ्रेन्चाइज टोली एफसी चितवन र पोखरा थन्डर्सले आफ्नो तयारीमा तीव्रता दिइरहेको छ ।

आगामी शनिवार दशरथ रंगशालामा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी प्रतिस्पर्धा गरेसँगै तेस्रो संस्करणको खेल शुरु हुनेछ । तेस्रो संस्करणमा कुल सात टोलीले प्रतिष्पर्धा गर्दैछन् । तीमध्ये चितवन र पोखराले आफ्नो तयारीलाई तिब्रता दिइरहेको छ । पछिल्ला दुई संस्करणको नतिजा हेर्ने हो भने पोखराले राम्रो नै प्रदर्शन गरेको थियो । तर, चितवनको भने दुवै संस्करण सुखद हुन सकेको थिएन । पहिलो संस्करणमा पोखरा र चितवन दुवै प्लेअफमा पुग्न असफल टोली हुन् । तर दोस्रो संस्करणमा पोखरा लिगको अंकतालिकामा शिर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको थियो ।

प्लेअफमा भने पोखराको सुखद प्रदर्शन गर्न सकेन । चितवनले भने लगातार दोस्रो संस्करणमा पनि खराब प्रदर्शन जारी राख्यो । ९ टोली सहभागी लिगको सातौं स्थानमा रहेर यात्रा टुङ्गाएको थियो । यसपल्ट भने पोखरासँगै चितवनले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुग्ने लक्ष्य राखेको छ । पोखरा थन्डर्सका सिनियर खेलाडी नवयुग श्रेष्ठले यसपल्ट युवा र राम्रो विदेशी खेलाडीसहित सन्तुलित टोली बनेकाले सुखद नतिजा आउने अपेक्षा गरेका छन् । पोखराले १२ दिन देखि तयारी थालेको हो । यद्यपि, केही विदेशी खेलाडी अझै आउन बाँकी छ ।

क्षमतावान् युवा र विदेशी खेलाडी टोलीमा छन् । धेरै जोश भएका युवा खेलाडी रहेको र उनीहरूलाई गाइड गरेर राम्रो नतिजा ल्याउने आशामा नवयुग छन् । सबै टोली राम्रो रहेको र खेल प्रतिस्पर्धात्मक हुने भएकाले सतर्क भएर खेल्ने उनी बताउँछन् । अहिले एकअर्कालाई बुझ्ने गरी टिम सेट भइरहेको र प्रतिस्पर्धाको दिनसम्म टोली राम्रो आकारमा रहने उनको विश्वास छ ।

पोखरा र एफसी चितवनको पहिलो खेल नै आगामी सोमबार छ । यी दुवैले एकआपसमा प्रतिस्पर्धा गर्दै तेस्रो संस्करणको सुरुआत गर्दै छ । पोखरा थन्डर्सको मार्की युवा स्टार समीर तामाङ हुन् । समीरले आफ्नो टोलीले मैत्रीपूर्ण खेल खेलेको र त्यसक्रममा केही पक्षमा सुधार गरिएको बताए । टिममा राम्रा युवा र विदेशी खेलाडी रहेकाले सुखद प्रदर्शन आउने उनको अपेक्षा छ ।

एफसी चितवनले पछिल्ला दुई सिजन राम्रो नतिजा नआए पनि यसपल्ट च्याम्पियन बन्ने लक्ष्यसहित तयारी गरिरहेको छ । यसपल्ट सन्तुलित टोली बनेको अपेक्षा चितवनको छ । चितवनका जय गुरुङले पछिल्लो १० दिनदेखि प्रशिक्षण सुरु गरेको उल्लेख गर्दै अहिले ट्याक्टिल र टेक्निकल प्रशिक्षण सुरु भइरहेको बताए । प्रिसिजनका केही खेलहरू पनि खेलेको उनले उल्लेख गरे । पछिल्ला सिजनहरू राम्रो हुन नसकेकाले यसपल्ट सुखद नतिजा निकाल्ने लक्ष्यसहित खेल्ने जयले बताएका छन् । अनुभवी स्वदेशी खेलाडी र विदेशी खेलाडी रहेकाले बलियो टोली बनेको उनको विश्वास छ ।

चितवनका अर्का खेलाडी मिलन राईले पनि प्रशिक्षण धेरै राम्रो भैरहेको उल्लेख गरे । टोलीका खेलाडीबीच राम्रो तालमेल मिलाउने पक्षमा पनि काम भएको उनको भनाइ छ । राम्रा विदेशी र घरेलु खेलाडी पनि राम्रो रहेकाले सुखद नतिजाको अपेक्षामा उनी छन् ।

चितवनको प्रशिक्षक नवीन न्यौपाने हुन् । उनी नेपालका उत्कृष्ट प्रशिक्षकमध्ये एक हुन् । घरेलु फुटबलमा नवीन सफल प्रशिक्षक मानिन्छन् । उनको प्रशिक्षणमा त्रिभुवन आर्मी क्लबको फुटबल शैलीमा धेरै परिवर्तन आएको थियो । त्यसैले एनएसएलको तेस्रो संस्करणमा एफसी चितवनले सुखद नतिजा ल्याउने अपेक्षा गरिएको छ । यस संस्करणको एनएसलमा तीन नेपाली प्रशिक्षकमध्ये एक हुन्, सुमन श्रेष्ठ । उनले पोखरा थन्डर्सको प्रशिक्षण समालिरहेका छन् ।

युवा स्टारले भरिएको पोखराले सुमनको प्रशिक्षणमा राम्रो नतिजा ल्याउने अपेक्षा गरिएको छ । पोखरा थन्डर्समा पोर्चुगलको घरेलु फुटबलमा तेस्रो डिभिजन क्लबबाट खेल्दै आएका निसान हमाल पनि छन् ।