७ भाद्र २०८३, आईतवार
,
Latest
बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा युद्धबिच इरानले ‘धेरै समस्या’ भोगिरहेको राष्ट्रपति पेजेस्कियानद्वारा स्वीकार राजेन्द्र विमलको साहित्यिक योगदानको स्मरण, ‘मैथिलीका सशक्त स्रष्टा’ भन्दै प्रशंसा अन्नपूर्णको विपद् प्रभावित राहत कोषमा तमुधिँको तीन लाख सहयोग पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते सञ्चारमन्त्री डा तिमिल्सिनाबाट पहिरो प्रभावित बस्तीको निरीक्षण दुर्घटनामा एक जनाको मृत्यु पार्टीले बनाएको विधि, निर्देशिका, नियमावलीको अक्षरशः पालना हुन्छ, आफ्नो अस्तित्वमाथि प्रश्न उठ्न दिन्नँः लामिछाने चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला आज संस्थाहरु डराएका छन्, हाम्रा क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस्ः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिपक्षीलाई प्रधानमन्त्रीको चेतावनीः प्रधानमन्त्रीका सम्बन्धमा जथाभावी नबोल्नूस्



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका सम्बन्धमा जथाभावी नबोल्न प्रतिपक्ष दलका नेताहरुलाई चेतावनी दिनुभएको छ ।

बुधवार काठमाडौंमा युवा संघको स्वयं सेवक भेला कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले प्रतपिक्ष दलहरुलाई यति सस्तो, हलुका र उत्ताउलो नबन्न आग्रह गर्नुभयो । उहाँले प्रतिपक्ष दलहरुको सबै पृष्ठभूमिबारे जानकार रहेको भन्दै के गर्न हिँड्नुभएको थियो, कता हिँड्नुभएको थियो, कहाँ आइपुग्नुभयो भन्नेकुरा देखिएको टिप्पणी गर्नुभयो । कोही चिहानबाट नली खुट्टाका हाड निकालेर फेरि लगाउँदै हिँड्ने गरेको र कोही आफ्ना असफलताका कुण्ठाहरु छर्ने थलो संसदलाई बनाइरहेको भन्द टिप्पणी गर्नुभयो । यस्ता किसिमका क्रियाकलापहरु नगर्दा राम्रो हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म आग्रह गर्न चाहन्छु प्रतिपक्षलाई यति सस्तो, यति हलुका, यति उत्ताउलो नहुनुस् तपाईंहरु । र प्रधानमन्त्रीको सम्बन्धमा जथाभावी पनि नबोल्नुस् । थाहा छ तपाईंहरुको पृष्ठभूमि । के गर्न हिँड्नुभएको थियो, कता हिँड्नुभएको थियो, कहाँ आइपुग्नुभयो । त्यो पनि देखिएको छ । कोही चिहानबाट नली खुट्टाका हाड निकालेर फेरि लगाउँदै हिँड्नुभएको छ । आफ्ना असफलताका कुण्ठाहरु छर्ने थलो बनाउनुहुन्छ, संसदलाई । त्यो हामीले बुझेका छौँ । यस्ता खालका क्रियाकलाप नगर्दा हुन्छ । केके न ठूलो अपराध गरेको जस्तो । मैले यस्तो कुरा थाहा पाएँ, सुनेँ, यो कुरा गलत होस्, असत्य होस् । मैले सुनेको असत्य होस् । वाह, कुनै महान ठूलो कुरा गरेको जस्तो । कसैले केके न ठूलो भ्रष्टाचार गरेको जस्तो । यो असत्य होस् । होइन रहेछ भने, नत्र । म भन्दिन चाहन्छु, चिसै पानीले नुहाउनुस् ।’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले लेख्नुभएको स्टाटसप्रति लक्षित गर्दै ठूलै भ्रष्टाचार गरेको जस्तो गरी एक जना कर्मचारी निकाल्दा ‘मैले सुनेको असत्य होस्’ भन्ने जस्ता शब्दहरु लेखेको देख्दा आश्चर्य लागेको बताउनु भयो ।