१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ

प्रतिपक्षी दलहरुलाई प्रधानमन्त्रीको जवाफः एउटा हटायो, अर्को नियुक्ति भयो, सिद्धियो

प्रतिपक्षी दलहरुलाई प्रधानमन्त्रीको जवाफः एउटा हटायो, अर्को नियुक्ति भयो, सिद्धियो
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कानून बनाउन नदिनका लागि प्रतिपक्ष दलहरुले संसद अवरोध गरेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा युवा संघको स्वयं सेवक भेला कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले देशमा शान्ति चाहिएको बताउँदै उपद्रो गर्ने छुट कसैलाई नरहेको बताउनु भयो । उहाँले सरकारले कर्मचारी निकालेको जवाफ संसदमा प्रधानमन्त्रीले नदिए संसद चल्न नदिने कुरा राम्रो नभएको भन्दै चित्त नबुझे अरु प्रक्रिया रहेको बताउनु भयो । उहाँले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गर्नु नै आफ्नो जवाफ भएको बतउनु भयो । तपाईंहरुले भनेको मान्ने कर्मचारीहरु राखिदिनुपर्ने हो ?भन्दै प्रश्न गर्नुभयो । सरकारलाई असहयोग गर्ने, देशलाई अफ्ठ्यारोमा पार्ने कर्मचारी राखिदिनुपर्ने हो भन्ने उहाँको प्रश्न छ । देशलाई एक पाइला अघि बढ्न नदिने तत्वहरु अहिले बिरोध गरिरहेको उहाँको आरोप छ । १८ गते भित्र अध्यादेशलाई बिस्थापन गर्ने प्रतिष्थापन विधेयकहरु पारित हुनुपर्ने कुरा सबैलाई थाहा भएपनि कानून प्रमाणीकरण हुन नदिन यस्तो गरिएको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामीलाई शान्ति चाहिएको छ । देशमा हामी शान्ति चाहन्छौँ । दिनैपिच्छेका उपद्रो होइन । अनेक प्रकारका शक्तिहरु छन् । सरकारले एउटा कर्मचारी निकाल्यो अरे । ठूलो घाटा परेछ कसैलाई छाति पिटिपिट कन रोएका छन् । एउटा कर्मचारीलाई कारबाही ग¥यो अरे सरकारले । त्यसको विधि अर्को होला नि संसद बन्द गरेको छ । प्रधानमन्त्रीले आएर जवाफ दिनुप¥यो रे । जवाफ दिइसक्यो प्रधानमन्त्रीले । दिइसक्यो सिद्धियो नि त । कहाँ पाल्र्यामेण्टमा जवाफ दिने । थाहा पाइएन । एउटा हटायो, अर्को नियुक्त गर्यो । सिद्धियो । यसमा पनि फेरि मोर्चाबन्दी?वाह । कोको भन्नुहुन्छ, उहाँहरुले त्यो त्यो कर्मचारी केके भनेर चलाउनुहुन्छ, त्यसरी चलिदिने कर्मचारी राखिदिनुपर्ने ?सरकारलाई असहयोग गर्ने, देशलाई अफ्ठ्यारोमा पार्ने । कोको छन् त्यस्तो राखिदिनुपर्ने । अनुशासनहिनता, अराजकता, राष्ट्रिय घाटा, सबै सहनुपर्ने । उहाँहरु केके न इस्यु पायौँ भनेर बोकेर हिँड्ने । त्यो हामीले बुझेका छौँ । उहाँहरु देशलाई एक पाइला अघि बढ्न दिन चाहनु हुन्न । कानून पास गर्न नदिन कोशिस गरिरहनुभएको छ । त्यसका बिरुद्ध एउटा बहाना संसद अवरुद्ध गर्ने । सबैलाई थाहा छ, १८ गते भित्र अध्यादेशलाई बिस्थापन गर्ने प्रतिष्थापन विधेयकहरु पारित भएनन् भने कानून बन्दैन, फेरि अर्को विधेयकका रुपमा जानुपर्ला । त्यो हुन नदिन काम गर्न नदिनका लागि, विधेयक पास हुन नदिनका लागि यो सब खेल भइरहेको छ । हामीले बुझेका छौँ । सुकुम्वासी समस्या समाधान हुन नदिनका लागि, किसानका समस्या समाधान हुन नदिनका लागि सबै यो काम उहाँहरुले गरिरहनुभएको छ । हामीले बुझेका छौँ ।’

नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै पार्टीको लागि ठूलो घाटा भएकाले छाती पिटीपिटी रोएको बताउनु भयो ।