२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 3.09

Humidity: 24

Latest
रास्वपाले चितवनबाट ‘जनयात्रा’ को शुभारम्भ गर्दै ऊर्जामन्त्री खड्कासँग नेपालका लागि रसियाका राजदूतको शिष्टाचार भेट महिला निर्देशकको द्वन्द्व प्रधान चलचित्र ‘पीताम्बर’ रवीन्द्र र धवलसहित ४१ जनालाई म्याद थपका लागि अदालत लगिँदै तीन दिनमै हलबाट उत्रिन लाग्यो सलमानको ‘सिकन्दर’ नागरिक लगानी कोष र सभापोखरी हाइड्रोको सेयर प्रत्याभूति सम्झौता मुस्ताङमा च्याङ्ग्रा जोनः ७८ फार्म सूचीकृत दक्षिण कोरियाली पूर्व कार्यवाहक राष्ट्रपतिविरुद्ध महाभियोगको प्रस्ताव दायर रेडियो नेपालले सरकार, नेता तथा राजनीतिक दलको ताबेदारी गर्नुहुन्नः मन्त्री गुरुङ नेपाल र थाइल्याण्डबीचको सम्बन्ध नयाँ उचाइमा: प्रधानमन्त्री ओली, थाइल्याण्डका प्रधानमन्त्री शिनावात्लाई नेपाल भ्रमणको निमन्त्रणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रंकलाइन र डेडिकेटेड लाइनको महशुल उठाउन नदिन कुलमानलाई वर्खास्त गरियोः सांसद ढकाल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणबीच सेटिङ मिलाउन नसकेको कारण कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको आरोप लगाउनुभएको छ ।

बुधवार संघीय संसद परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनु भएको हो । सरकारको उद्देश्य ट्रंकलाइन र डेडिकेटेड लाइनको महसुल उठाउन नदिनु रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘मन्त्रालयमा सेटिङ नमिलेको हो नि । उहाँको कार्यसम्पादनमाथि प्रश्न उठाइयो । उहाँकै कार्यकालमा हैन प्राधिकरणले १२ अर्ब रुपैयाँ फाइदा कमाएको ?प्रधानमन्त्री हुनेबित्तिकै ट्रंकलाइन र डेडिकेटेड लाइनको पैसा नतिरे पनि उद्योगको लाइन जोड्नु कसले भनेको ? कुलमानले लाइन काट्ने बित्तिकै हतार हतार जोड भनेको कसले ? सरकारको सेटिङ ट्रंकलाइन र डेडिकेटेड लाइनको पैसा नउठाउनको लागि हो, हेर्दै जानुहोला ।’

घिसिङकै कार्यकालमा प्राधिकरणले १२ अर्ब रुपैयाँ नाफा कमाएको भएपनि सरकारले कायरतापूर्वक पदमुक्त गरेको उल्लेख गर्दै आफ्नो र आफ्नो पार्टीको लागि यो निर्णय स्वीकार्य नहुने उहाँको भनाइ छ ।