
संयुक्तराज्य अमेरिकाका लागि नेपाली नवनियुक्त राजदूत लोकदर्शन रेग्मी वाशिङ्गटन डिसी पुग्नु भएको छ । उहाँले गत शुक्रबार दूतावासमा आफ्नो पदीय जिम्मेवारी सम्हाल्नु भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार उहाँले अमेरिकी राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेस गरेपछि औपचारिक रुपमा काम थाल्नु हुनेछ ।
राजदूत रेग्मीलाई डिसीस्थित दूतावासका कर्मचारीहरुले स्वागत गरेका थिए ।