१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टर मिलान युरोपा लिगको अन्तिम चारमा



अ+ अ-

डुसलडोफ । बेल्जियमका फरवार्ड रोमेलु लुकालुले सोमबार इन्टर मिलानलाई युरोपा लिगको सेमिफाइनल प्रवेश गर्न निर्णायक खेल प्रदर्शन गरेका छन् । उनकै उत्कृष्ट प्रदर्शनमा इन्टरले बायार लेवरसकुसनलाई २–१ ले हरायो । 

निकोलो बारेलाले १५ औं मिनेटमा इन्टरलाई सुरुवाति अग्रता दिलाए । त्यसको ६ मिनेटपछि बेल्जियमका खेलाडी लुकाकुले दोस्रो गोल थपे । जर्मन टिमका लागि काइ हारभटेजले एक गोल फर्काए ।

लुकालुले युरोपा लिगमा लगातार नवौं खेलमा गोल गरेका हुन् र उनी यस्तो उपलब्धि हात पार्ने पहिलो खेलाडी हुन् । अब अन्तिम चारमा इन्टरको प्रतिद्वन्द्वी मंगलबार साख्तर डोनेस्क र एफसी बासेलबीच खेलले निर्धारण गर्नेछ ।