२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस चौतारीको महाधिवेशनः तोकिएका बाहेकलाई मनोनयनपत्र दिईएन



अ+ अ-

काठमाडौं । एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको महाधिवेशनमा नयाँ नेतृत्वको लागि उम्मेदवारी दिने फारम तोकिएका व्यक्तिहरूलाई मात्रै उपलब्ध गराएको छ ।

निर्वाचन आयोगका अध्यक्ष गणेश खनालले जारी गरेको निर्वाचन तालिकाअनुसार उम्मेदवारी दर्ता गर्न पुगेका राजेश राईलगायतको टिमलाई मनोनयनपत्र नदिएको हो ।

जारी सूचनामा दिउसो १ बजे पहिलो मतदाता नामाबली प्रकाशन भइ दावी विरोधपश्चात साढे २ बजे अन्तिम नामावली प्रकाशन गरिने र पौने ३ बजे अध्यक्ष मण्डलसमक्ष उम्मेदवार मनोनयन दर्ता गर्ने उल्लेख छ ।

मतदानको समय नराखी सार्वजनिक गरिएको निर्वाचन तालिकामा उम्मेदवारको अन्तिम नामावली प्रकाशनका लागि ४ः२० बजे समय तोकिएको छ भने निर्वाचन परिणाम घोषणा ४ः३० मा गर्ने भनिएको छ । तर, उम्मेदवारी दर्ताका लागि  मनोनयनपत्र नदिईएको एक प्रतिनिधिले बताए । मनोनयन दर्ताका लागि फारम माग्दा अध्यक्ष मण्डलले नदिएको उनको भनाई छ ।

प्रेस चौतारीको आगामी अध्यक्षका लागि गणेश पाण्डे र राजेश राईले दाबि गरिरहेका छन् । एमालेले सर्वसम्मत नेतृत्व छनोट गर्न सन्देश पठाएको छ । अध्यक्षमा दाबी गरिरहेको राजेश राई पक्षले भने निर्वाचनको माग गरेका थिए ।