२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान सरकार नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन प्रतिबद्धता: एमाले



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले वर्तमान सरकारले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता दोहोर्याएको छ।

हालै सम्पन्न सचिवालय बैठकसँग सम्बन्धित केही नेपाली तथा विदेशी सञ्चारमाध्यमहरूमा प्रकाशित समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै यस्तो प्रतिबद्धता जनाएको हो ।

पार्टी महासचिव शङ्कर पोखरेलले सोमबार एक विज्ञप्ति जारी गर्दै पूर्व राजावादीहरुको केही दिनअघिको प्रदर्शनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका भनेर प्रकाशित समाचार निराधार र अतिरञ्जित भएको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।

यस्ता समाचारहरूले अनावश्यक सनसनी फैलाउने मात्र नभई नेपाल–भारत सम्बन्धप्रति आशंका उत्पन्न गराउने दुराशय बोकेको एमालेले उल्लेख गरेको छ। परराष्ट्र नीति तथा संवेदनशील विषयहरूमा समाचार सम्प्रेषण गर्नु अघि पार्टीको आधिकारिक धारणा बुझ्न सम्बन्धित सबै सञ्चारमाध्यमहरूलाई एमालेले अनुरोध गरेको छ।

पार्टीले नेपालमा लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सार्वभौम निर्णय भएको पुन: दोहोर्याएको छ। कुनै पनि लोकतान्त्रिक देश निरंकुश शासन व्यवस्थालाई प्रश्रय दिन तयार नहुने स्पष्ट गर्दै, इतिहासलाई पछाडि फर्काउने कुनै पनि प्रयासलाई नेपाली जनताले अस्वीकार गर्नेमा एमाले विश्वस्त रहेको जनाएको छ।

नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकारले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता दोहोर्याएको छ। कुनै पनि द्विपक्षीय विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्दै दुवै देशबीचको विकास साझेदारीलाई मजबुत बनाउने एमालेको नीति रहेको छ।




भर्खरै