२२ मंसिर २०८२, सोमबार
,
Latest
मुस्ताङका उच्चलेंंकमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै एकाबिहानै तातोपानीमा मह र कागती मिसाएर पिउँदा मिल्छ यस्ता फाइदा थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने दैनिक १० मिनेट हिँड्दा आयु ७ प्रतिशतले बढ्नसक्ने सेल्टा भिगोसँग रियल मड्रिड घरेलु मैदानमै पराजित नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवसायिक खेती गरी कृषिमा आत्मनिर्भर बनौँः मन्त्री अधिकारी



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषिलाई आधुनिक प्रविधि प्रयोग गरेर व्यवसायिकरण गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार सिंहदरबारमा आयोजित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले भइरहेको पुरातन खेती प्रणालीले कृषिमा आत्मनिर्भर बन्न नसकिने बताउनु भयो । उहाँले वर्षभरी माटोसँगै खेल्ने किसानकै घरमा ६ महिना पनि खान नपुग्ने अवस्था रहेको बताउनु भयो । उहाँले कृषिलाई व्यवसायिकरण गर्नका लागि विभिन्न चरणमा नीति निर्माण गरी कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो । खाद्यवस्तु आयात गरेर सधैँ गुजारा नचल्ने भन्दै उहाँले मन्त्रालयले ठोस नीति निर्माणका लागि मन्त्रालयले गम्भीरतापूर्वक सोचेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जमिन छैन मल बीउ पनि किन्न सक्दैन, तर उ गरिबीमा बाँचेको छ, वर्षभरी माटोमा खेल्छ ६ महिनाभन्दा बढी खान पुग्दैन । नम्बर एक यसका विषयमा सोचौँ, दोस्रो नम्बर मध्यम खालको जसले वर्षभरी खेती गर्छ र उ बाँच्नसक्छ । त्यसका विषयमा सोचौँ र तेस्रो व्यवसायिक किसान । हामीले यसको पेरिफेरिमा रहेर यो नीति बनाउन सक्यौँ भने हामी दौडेर जहाँ पुग्न खोजेको हो पुग्न नसकौँला तर यस्लाई कार्यान्वयन चरणमा लैजान र व्यवस्थापन गर्नसक्यौँ भने नेपालले यति कल्पना गरे पुग्छ अहिलेका लागि । तर हामीसँग अर्को चुनौती के छ भने हामी के सधैँ आयातले मात्रै बाँच्ने ? आयातको भरले बाँच्न सकिँदैन सिङ्गो नेपाली बाँच्नुप¥यो । मैले गरेको खेतीले १० जनालाई पुगोस्, मैले गरेको व्यवसायले लाख मान्छेलाई पुगोस् । त्यो ढंगबाट सोच बनाए अगाडि बढौँ ।’

मन्त्री अधिकारीले किसानलाई गरिबीबाट मुक्त दिलाउने गरी तल्लो तहका किसानलाई अगाडि बढाउन नीति निर्माणका लागि सुझाव पेश गर्न समिति सदस्यहरुलाई आग्रह गर्नुभयो । मन्त्रालयमा आएको सुझावहरु एकीकृत गरी नीति निर्माण तहमा पु¥याउने उहाँको भनाइ छ ।