१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास

हत्याको प्रमाण नभेटिएको भन्दै सीबीआईले बन्द गर्यो सुशान्त सिंह राजपूतको केस

हत्याको प्रमाण नभेटिएको भन्दै सीबीआईले बन्द गर्यो सुशान्त सिंह राजपूतको केस
अ अ+ अ-

एजेन्सी । सीबीआईले बलिउड अभिनेता सुशान्त सिंह राजपुत मृत्यु प्रकरणमा ४ वर्ष ६ महिना १५ दिनपछि अन्तिम प्रतिवेदन पेश गरेको छ । जसमा अनुसन्धान एजेन्सीले सुशान्तलाई आत्महत्या गर्न उक्साउने कुनै प्रमाण नभेटिएको बताएको छ ।

सुशान्त सिंह राजपुत १४ जुन २०२० मा बान्द्रास्थित आफ्नो घरमा रहस्यमय रूपमा मृत फेला परेका थिए । मिडिया र विपक्षी दलको दबाबका कारण यस प्रकरणको अनुसन्धान सीबीआईलाई सुम्पिएको थियो । अब सीबीआईको अन्तिम प्रतिवेदनमा मृत्युको वास्तविक कारण आत्महत्या भएको उल्लेख गरिएको छ ।

यस मामलामा रिया चक्रवर्ती २७ दिन जेलमा बस्नुपर्ने भयो । सीबीआईबाट अन्तिम रिपोर्ट आएपछि रियाका वकिल सतीश मानेशिन्देले विज्ञप्ति जारी गर्दै यस मामिलामा धेरै झुटा कथाहरू सिर्जना गरिएको बताए । यति हुँदाहुँदै पनि रिया र उनको परिवारले चुपचाप सबै कुरा सहन गरेको बताए ।

घटनापश्चात सुशान्तका बुबा केके सिंहले रिया चक्रवर्तीविरुद्ध आत्महत्याका लागि उक्साएको, ठगी र पैसाको दुरुपयोग गरेको आरोपमा मुद्दा दायर गरेका थिए । यस्तै, रिया चक्रवर्तीले पनि सुशान्तको परिवारमाथि मानसिक उत्पीडनको आरोप लगाएकी थिइन् ।

सुशान्तको मृत्यु हुनुभन्दा केही दिनअघि ८ जुन २०२० मा मुम्बईको मलाडस्थित एउटा भवनको १४ औं तलाबाट खसेर उनको म्यानेजर दिशा सालियनको मृत्यु भएको थियो । यी दुवैको मृत्यु शंकास्पद मानिएको थियो । यसपछि बुबा सतीश सालियनले दिशाको सामूहिक बलात्कारपछि हत्या भएको आरोप लगाएका थिए । तर राजनीतिक दबाबका कारण यो विषय दबाइएको थियो ।