१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास

आईपीएलः ‘एल क्लासिको’ मुम्बई र चेन्नई भिड्दै, वर्षाले खेल बिथोल्ने सम्भावना

आईपीएलः ‘एल क्लासिको’ मुम्बई र चेन्नई भिड्दै, वर्षाले खेल बिथोल्ने सम्भावना
अ अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा आज डबल हेडरको दोस्रो खेल चेन्नई सुपर किंग्स (सिएसके) र मुम्बई इन्डियन्स (एमआई) बीच हुनेछ। एमए चिदम्बरम, चेपौक स्टेडियम, चेन्नईमा हुन लागेको खेल नेपाली समयअनुसार बेलुकाको ७ः४५ बजेबाट सुरु हुनेछ । यो खेललाई सिजनको ‘एल क्लासिको’ पनि भनिन्छ।

डबल हेडरको पहिलो खेलमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स खेल्दैछन् ।

मुम्बई र चेन्नई बीचको खेल ‘एल क्लासिको’

मुम्बई र चेन्नईबीचको खेललाई ‘एल क्लासिको’ मानिन्छ ।यो शब्द केवल दुई बीचको ऐतिहासिक प्रतिद्वन्द्वी देखाउन प्रयोग गरिन्छ। मुम्बई र चेन्नई आईपीएलमा दुई ठूला फ्रेन्चाइजी टोलीहरू हुन् । आईपीएलमा मुम्बई र चेन्नई आमने सामने हुँदा निकै कडा प्रतिस्पर्धा हुने गरेको छ । दुवै टोली ५–५ उपाधि जितेर लिगको सर्वाधिक सफल टोली हुन् । मुम्बईले फाइनलमा चेन्नईलाई ३ पटक हराएको थियो भने चेन्नईले मुम्बईलाई हराएर २०१० मा पहिलो उपाधि जितेको थियो ।

हेड-टु-हेड

चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच आइपिएलमा हालसम्म कुल ३७ खेल खेलिएका छन् । जसमा मुम्बईले २० र चेन्नईले १७ खेल जितेका छन् । चेन्नईको घरेलु मैदानमा मुम्बईको दबदबा छ । यहाँ दुवै टोलीले ९ पटक आमनेसामने गरेका छन्, जसमा मुम्बई ६ पटक र चेन्नई ३ पटक जितेको छ ।

सूर्यकुमारले एमआईको कप्तानी गर्नेछन्

यस खेलमा हार्दिक पाण्डेको स्थानमा मुम्बईको कप्तानी सूर्यकुमार यादवले गर्नेछन् । हार्दिकलाई एक खेलको प्रतिबन्ध लगाइएको छ । एमआईको गत सिजनको अन्तिम खेलमा स्लो ओभर रेटका कारण कप्तान हार्दिकलाई एक खेलको प्रतिबन्ध लगाइएको थियो । तर, अर्को खेलबाट पाण्ड्याले फेरि टिमको जिम्मेवारी सम्हाल्नेछन् । त्यस्तै, फास्ट बलर जसप्रीत बुमराह चोटका कारण लिगका प्रारम्भिक खेल खेल्ने छैनन् ।

पिच रिपोर्ट

चेन्नईको एमए चिदम्बरम स्टेडियमको पिच स्पिनरहरूका लागि उपयोगी साबित भएको छ। यहाँ ब्याटिङ गर्न अलि गाह्रो छ। अहिलेसम्म यहाँ ८५ आईपीएल खेल खेलिएका छन् । ४९ खेल पहिले ब्याटिङ गर्ने टोलीले जितेका छन् भने ३६ खेल पछ्याउने टोलीले जितेका छन् । यहाँ उच्चतम टोली स्कोर २४६/८हो, जुन घरेलु टोली चेन्नई सुपर किंग्सले २०१० मा राजस्थान रोयल्स विरुद्ध बनाएको थियो।

वर्षाले बाधा उत्पन्न गर्न सक्छ

आज वर्षाले चेन्नई र मुम्बईको खेल अवरुद्ध हुन सक्ने सम्भावना रहेको छ । चेन्नईमा आज पानी पर्ने सम्भावना ८०५ छ। यहाँको तापमान२७ देखि३३डिग्री रहने अनुमान गरिएको छ।

दुबै टोलीको सम्भावित प्लेईङ–११ः

चेन्नई सुपर किंग्सः रुतुराज गायकवाड (कप्तान), डेभोन कोनवेररचिन रविन्द्र, दीपक हुडा, राहुल त्रिपाठी, शिवम दुबे, साम कुरान, एमएस धोनी (विकेटकीपर), रविन्द्र जडेजा, रविचन्द्रन अश्विन, खलील अहमद, नूर अहमद र मथिश पाथिराना।

मुम्बई इन्डियन्सः सूर्यकुमार यादव (कप्तान), रोहित शर्मा, विल ज्याक, तिलक वर्मा, नमन धीर, रोबिन मिन्ज (विकेटकिपर), मिचेल सान्टनर, दीपक चाहर, मुजीब उर रहमान, ट्रेन्ट बोल्ट र कर्ण शर्मा।