१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास

विगतमा जारी भएका निर्देशनलाई एकीकृत बनाउने काम जारी छः अध्यक्ष ओझा

विगतमा जारी भएका निर्देशनलाई एकीकृत बनाउने काम जारी छः अध्यक्ष ओझा
अ अ+ अ-

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले प्राधिकरणबाट विगतमा जारी भएका निर्देशनहरुलाई एकीकृत स्वरुपमा ल्याउने काम भइरहेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा ‘बीमा क्षेत्रको अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले विमकहरुले प्राधिकरणबाट विगतमा जारी भएका निर्देशनहरु एकीकृत रुपमा ल्याइदिन गरेको मागको सम्बोधनका लागि प्राधिकरणले काम गरिरहेको बताउनुभएको हो ।

उहाँले आफू प्राधिकरणमा आएको केही दिनमौ निर्देशनलाई एकीकृत गर्नका लागि कमिटी बनाएर काम शुरु गरेको बताउनु भयो । नियमावलीमा परेका विषयहरुलाई निर्देशनबाट हटाउने र आवश्यक पुनरावलकोन भएको ठाउँमा समयानुकुल बनाउने बारेमा काम शुरु भइसकेको जानकारी दिनुभयो । उहाँले दुई महिनाभित्र काम सकिसक्ने र विमकलाई सहजता प्रदान गर्ने प्रतिवद्धता जनाउनु भयो । बीमा क्षेत्रको हितका लागि सम्पूर्ण स्टेक होल्डरको हित सुनिश्चित हुनुपर्ने बताउनु भयो । विमकको वित्तीय संस्था बलियो नभए विमितको हित संरक्षण हुन नसक्ने भन्दै विमकको वित्तीय स्वास्थ्य बलियो बनाउनका लागि प्राधिकरणले गर्नुपर्ने सहजीकरण गर्न तयार रहेको बताउनु भयो ।

अध्यक्ष ओझाले भन्नुभयो, ‘प्रायः सबै विमक साथीहरुको एउटै भनाइ थियो । नेपाल बीमा प्राधिकरणबाट विगतमा जारी भएका केही निर्देशनहरु छन्, त्यसलाई एकीकृत स्वरुपमा ल्याएको भए सहज हुन्थ्यो भन्ने छ । त्यस सम्बन्धमा म आएको केही दिनमै कमिटी बनाएर तत् सम्बन्धमा एकीकृत निर्देशनलाई एकीकृत गर्ने, कयौँ विषयहरु नियमावलीमा परेका छन्, त्यसलाई निर्देशनबाट हटाउने, आवश्यक पुनरावलकोन भएको ठाउँमा समयानुकुल बनाउने बारेमा काम शुरु भइसकेको छ । सम्भवतः डेढ, दुई महिनामा ५५ वटा जति निर्देशनहरु छन्, त्यसलाई हामी जीवन बीमा, निर्जीवन बीमा, पुनर्बीमा, लघु बीमाहरुका लागि फरक फरक सेक्सनमा हुनेगरी प्रकाशित गर्नेछौँ । जुन तपाईंहरुलाई कार्यान्वयन गर्न सहज होस्, दुविधा उत्पन्न नहोस्, छरिएका विषयलाई एक ठाउँमा ल्याएर थप व्यवस्थित, थप संशोधन गर्ने काम निरन्तर हुनेछ । बीमा क्षेत्रको हितका लागि सम्पूर्ण स्टेक होल्डरको हित सुनिश्चित हुनुपर्छ । विमितको हितको कुरा हाम्रो ऐनले प्रश्तावनामा नै गरेको छ । त्यो हाम्रो पहिलो प्राथमिकतामा पर्दछ । विमकको वित्तीय संस्था बलियो भएन भने विमितको हित संरक्षण हुन सक्दैन । विमकको वित्तीय स्वास्थ्य बलियो बनाउनका लागि हामीले गर्नुपर्ने सहजीकरण गर्न जिम्मेवारीपूर्ण तयारी छौँ ।सबैको हित समग्रतामा सुनिश्चित हुन नसकेसम्म बीमा उद्योगले आफ्नो सही बाटो समात्न सक्दैन ।’

अध्यक्ष ओझाले समग्र बीमा उद्योगको हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।