२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपिएल: आरसीबीद्वारा डिफेन्डिङ च्याम्पियन केकेआर पराजित



अ+ अ-

रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले शनिबार कोलकाताको ईडेन गार्डेनमा भएको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्स (केकेआर) लाई सात विकेटले पराजित गर्दै इण्डियन प्रिमियर लिग २०२५ मा शानदार सुरुवात गरेको छ ।

यसपटक युवा खेलाडी रजत पाटीदारको कप्तानीमा रहेको आरसीबीले अजिंक्य रहाणेको कप्तानीमा रहेको केकेआरलाई पहिलो खेलमै सहज रुपमा पराजित गरेको हो ।

१७५ रनको लक्ष्य पछ्याएको आरसीबीका लागि प्रारम्भिक ब्याट्सम्यान फिल साल्ट र विराट कोहलीले बेंगलुरुलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । साल्ट आक्रामक भूमिकामा देखिएका थिए भने कोहलीले पनि शानदार खेल प्रस्तुत गरेका थिए ।

साल्टको विस्फोटक ब्याटिङका कारण, आरसीबीले पावरप्लेमा कुनै विकेट नगुमाई ८० रन जोड्यो, जुन आईपीएल इतिहासमा दोस्रो सबैभन्दा उच्च स्कोर हो ।

पहिलो ६ ओभरभरि केकेआर कप्तान अजिंक्य रहाणेले विभिन्न रणनीति अपनाए, जसमा रहस्यमयी स्पिनर वरुण चक्रवर्तीलाई पावरप्लेमै बलिङ गर्न ल्याए। तर साल्टले चौथो ओभरमै चक्रवर्तीलाई निशाना बनाउँदै २१ रन प्रहार गरे।

साल्टले आफ्नो अर्धशतक पूरा गरेलगत्तै चक्रवर्तीको बलमा ५६ रन बनाएर आउट भए ।

देवदत्त पाडिकलले सुनिल नारेनलाई आक्रामक रूपमा खेल्न खोज्दा रमनदीप सिंहलाई सिधै क्याच थमाए।

त्यसपछि विराट कोहली आफ्नो लयमा आए। उनले उत्कृष्ट प्रदर्शन गर्दै कभर क्षेत्रबाट चौका प्रहार गर्दै अर्धशतक पूरा गरे।

आरसीबीले अन्त्यमा १६.२ ओभरमै लक्ष्य प्राप्त गरेर खेल जितेको थियो ।

यसअघि, आरसीबीका कप्तान रजत पाटीदारले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका थिए ।

आक्रामक गतिमा रन बनाए पनि कोलकाताले नियमित अन्तरालमा विकेट गुमाएका कारण ठूलो स्कोर खडा गर्न सकेको थिएन । केकेआरका लागि अजिन्क्य रहाणेले सर्वाधिक ५६ रन बनाए ।

आज आइपिएलका दुई खेल हुँदैछन् । पहिलो खेल ३.४५ बजे सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच हुनेछ भने दोस्रो खेल राति ७.४५ बजे चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच हुनेछ ।