१२ चैत्र २०८१, मंगलवार
March 25, 2025 Tuesday

16.37°C

काठमाडौं

16.37°C

Kathmandu

Feels-like: 14.98

Wind: 2.06

Humidity: 35

Latest
नरैनापुरमा १७ घरगोठ जलेर नष्ट प्राधिकरणबाट घिसिङलाई हटाइएकामा माओवादी केन्द्रको विरोध सहमति नजुट्दा मधेस प्रदेशसभाको बैठक अनिश्चित पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक नौ महिनादेखि अवरुद्ध डेडिकेटेड र ट्रंकलाइन वक्यौताको समाधान निष्पक्ष रुपमा गर्नेछुः हितेन्द्रदेव शाक्य गुणस्तरीय शिक्षा समृद्धिको आधारशिलाः पूर्वराष्ट्रपति भण्डारी वीर अस्पतालमा स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण सुरु : पहिलो दिन ४३ जनाको परीक्षण विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले पदभार ग्रहण गरे खर्च वृद्धिमा प्रो एक्टिभ हुन अर्थमन्त्री पौडेलको निर्देशन प्रधानमन्त्रीसँग नेपालका लागि थाइल्याण्डका राजदूतको शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङमा लेक लागेर एक वर्षमा ११ पर्यटकको मृत्यु



मुस्ताङ भ्रमणमा पुगेका पर्यटक । तस्बिरः फाइल
अ+ अ-

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा लेक लागेर एक वर्षको अवधिमा ११ पर्यटकको मृत्यु भएको छ । विसं २०८१ को वैशाखदेखि हालसम्म नौ विदेशी तथा दुई नेपाली पर्यटकको लेक लागेर मृत्यु भएको हो ।

सबैभन्दा बढी भारतीय पर्यटकको मुक्तिनाथ मन्दिरको दर्शन तथा मुस्ताङको भ्रमणका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिनुभयो । मुक्तिनाथ दर्शन तथा भमणका क्रममा मुस्ताङ आउनेमध्ये पाँच जनाको वारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथमा, पाँच जनाको घरपझोङ–४ जोमसोममा र एक जनाको थासाङ गाउँपालिका–२ मा लेक लागेर मृत्यु भएको उहाँले बताउनुभयो । लेक लागेर मृत्यु हुनेमा ५८ वर्षदेखि ८१ वर्ष उमेर समूहका पर्यटक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कानुसार २०८१ वैशाखमा दुई, जेठमा एक, असोजमा दुई, कात्तिकमा पाँच र पुसमा एक पर्यटकको लेक लागेर मृत्यु भएको हो । लेक लागेर मृत्यु हुनेमा ६३ वर्षीय अमेरिकी नागरिकसमेत रहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

विसं २०८० मा १७ जनाले लेक लागेर ज्यान गुमाएका थिए । मृत्यु हुनेमा ११ विदेशी तथा ६ नेपाली नागरिक रहेका प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्वास्थ्य कार्यालय, स्थानीय तह, प्रदेश अस्पताललगायत सरोकारवाला निकायले लेक लाग्ने समस्या र यसको समाधान सम्बन्धी चेतनामूलक कार्यक्रम, प्रचारप्रसार र पर्चापम्प्लेट वितरण अभियान सञ्चालन गर्दैआएको छ । प्रदेश स्वास्थ्य कार्यालय, घरपझोङ र थासाङ गाउँपालिकाले पनि लेक लाग्ने समस्यासम्बन्धी वाल पेन्टिङ तथा भित्ते लेखन कार्यक्रम गरी मुस्ताङ भित्रने पर्यटकलाई सचेत गर्दैआएको छ ।

बेँसीको समथर स्थानबाट उच्च हिमाली क्षेत्रमा हतारहतार विश्राम नगरी यात्रा गर्दा पर्यटकलाई लेक लाग्ने समस्या हुन्छ । विशेषत: समुद्री सतहबाट तीन हजार आठ सय मिटरको उचाइदेखि लेक लाग्न थाल्छ । ज्येष्ठ नागरिक, शारीरिक रूपमा अशक्त र दीर्घरोगका औषधि सेवन गर्ने पर्यटकलाई लेक लाग्ने गरेको पाइएको जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज भुवन क्षेत्रीले जानकारी दिनुभयो । रासस