१० बैशाख २०८२, बुधबार
,
Latest
राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र प्रसाईंलाई हिरासतमा राख्न प्रहरीले थप २० दिन समय मागेकोमा अदालतले… बाढीपहिरोले क्षति गरेको सात महिनापछि आयो पुनः निर्माणको बजेट कांग्रेसले यातायात व्यवसायीको समस्या समाधान गर्छ : कार्यवाहक सभापति श्रीमतीको हत्या गरी फरार तामाङ पक्राउ रंगशालामा रोबर्टो कार्लोस फोटो फिचर सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने ‘समवेदना’ सुनाएरै चर्चित ७३ वर्षीय शिरो सान्दाइ उपप्रधानमन्त्री सिंह र युएईका उपप्रधानमन्त्री नाहयानबीच भेटवार्ता २५ लाख लागतमा मलामी विश्राम घर निर्माण “राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाथीभरा क्षेत्रमा हिमपात



अ+ अ-

ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा आज दिउँसोदेखि हिमपात भइरहेको छ । दिउँसो सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हल्का हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

समितिका कर्मचारी राजेन्द्र महतका अनुसार यस वर्ष पाथीभरामा योसहित चार पटक हिमपात भइसकेको छ । हिमपातपछि यहाँ केही चिसो बढेको उहाँले बताउनुभयो । “जिल्लाका अधिकांश क्षेत्रमा सामान्य वर्षा भएको छ । वर्षाले हिउँदे बालीलाई फाइदा पुग्ने भएकाले किसान खुसी भएका छन्”, उहाँले भन्नुभयो ।

यसैबीच, आज मात्रै पाथीभरा मन्दिरमा एक हजार छ सय ९८ तीर्थयात्री पुगेका छन् । पुस महिनायताको यो सबैभन्दा बढी सङ्ख्या रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो ।

पाथीभरामा विशेष गरी वडादसैँ, रामनवमी तथा अन्य धार्मिक अवसरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । उहाँका अनुसार मौसममा सुधार आएसँगै समुद्री सतहबाट तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको पाथीभरामा न्यानो महसुस हुन थालेपछि तीर्थयात्रीको सङ्ख्यामा वृद्धि भइरहेको हो ।रासस