२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ

राजसंस्थाको पक्षमा जनलहर देखेपछि जीवित खलपात्रहरुको छटपटी सुरुभयो: राप्रपा प्रवक्ता श्रेष्ठ

राजसंस्थाको पक्षमा जनलहर देखेपछि जीवित खलपात्रहरुको छटपटी सुरुभयो: राप्रपा प्रवक्ता श्रेष्ठ
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले षडयन्त्रमुलक ढंगबाट चोर बाटोबाट राजसंस्थाको अन्त्य गर्न संलग्न केही जीवित खलपात्रहरुको छटपटी सुरु भएको जनाउनु भएको छ ।

राजसंस्थाका पक्षमा जनमत देखिएपछि खलपात्रहरुको छटपटी सुरु भएको उहाँले उल्लेख गर्नुभएको छ ।

प्रवक्ता श्रेष्ठले लेख्नु भएको छ- जनताको तागतलाई हेप्ने र नजरअन्दाज गर्नेहरुलाई अझै अग्रगमनकारी मानिदिनुपर्ने ? ति दिन गए, अब नयॅा दिन आउनेछ‘आउनैपर्छ । इतिहासले हिसाब खोज्छ ।

उहाँले लेख्नुभएको छ-

षडयन्त्रमुलक ढंगबाट चोर बाटोबाट राजसंस्थाको अन्त्य गर्न संलग्न केही जीवित खलपात्रहरुको छटपटी केही दिन यता हेरिनसक्नु छ ! ०६३ बैशाख ११ गते राजा र आन्दोलनरत राजनीतिक दलको सहमतिमा प्रतिनिधिसभा पुन:स्थापित भयो, सहमति हॅुदैगर्दाको आन्दोलनमा राजसंस्थाको अन्त्य गर्ने माग पनि थिएन । ०६३ जेठ ४ गतेको प्रतिनिधिसभा घोषणामा राजसंस्थाको निरन्तरता समेत स्विकार गरिएको थियो।

-राजासंग भएको सहमति विपरीत राजसंस्थालाई पाखा लगाउने काम किन भयो ?

-यस कुकर्ममा को को, कुन उद्धेश्यका लागि कसको इशारामा संलग्न भए ?

-०५९ मा शेरबहादुर देउवाले विघटन गरेको अर्थात् मरिसकेको प्रतिनिधिसभा ०६३ मा पुन:स्थापित हुनसक्यो भने षडयन्त्रपूर्ण रुपमा पाखा लगाइएको राजसंस्था पुन:स्थापना हुन किन सक्दैन ?

-जनताको तागतलाई हेप्ने र नजरअन्दाज गर्नेहरुलाई अझै अग्रगमनकारी मानिदिनुपर्ने ?

ति दिन गए, अब नयॅा दिन आउनेछ…आउनैपर्छ ।

इतिहासले हिसाब खोज्छ ।