
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले षडयन्त्रमुलक ढंगबाट चोर बाटोबाट राजसंस्थाको अन्त्य गर्न संलग्न केही जीवित खलपात्रहरुको छटपटी सुरु भएको जनाउनु भएको छ ।
राजसंस्थाका पक्षमा जनमत देखिएपछि खलपात्रहरुको छटपटी सुरु भएको उहाँले उल्लेख गर्नुभएको छ ।
प्रवक्ता श्रेष्ठले लेख्नु भएको छ- जनताको तागतलाई हेप्ने र नजरअन्दाज गर्नेहरुलाई अझै अग्रगमनकारी मानिदिनुपर्ने ? ति दिन गए, अब नयॅा दिन आउनेछ‘आउनैपर्छ । इतिहासले हिसाब खोज्छ ।
उहाँले लेख्नुभएको छ-
षडयन्त्रमुलक ढंगबाट चोर बाटोबाट राजसंस्थाको अन्त्य गर्न संलग्न केही जीवित खलपात्रहरुको छटपटी केही दिन यता हेरिनसक्नु छ ! ०६३ बैशाख ११ गते राजा र आन्दोलनरत राजनीतिक दलको सहमतिमा प्रतिनिधिसभा पुन:स्थापित भयो, सहमति हॅुदैगर्दाको आन्दोलनमा राजसंस्थाको अन्त्य गर्ने माग पनि थिएन । ०६३ जेठ ४ गतेको प्रतिनिधिसभा घोषणामा राजसंस्थाको निरन्तरता समेत स्विकार गरिएको थियो।
-राजासंग भएको सहमति विपरीत राजसंस्थालाई पाखा लगाउने काम किन भयो ?
-यस कुकर्ममा को को, कुन उद्धेश्यका लागि कसको इशारामा संलग्न भए ?
-०५९ मा शेरबहादुर देउवाले विघटन गरेको अर्थात् मरिसकेको प्रतिनिधिसभा ०६३ मा पुन:स्थापित हुनसक्यो भने षडयन्त्रपूर्ण रुपमा पाखा लगाइएको राजसंस्था पुन:स्थापना हुन किन सक्दैन ?
-जनताको तागतलाई हेप्ने र नजरअन्दाज गर्नेहरुलाई अझै अग्रगमनकारी मानिदिनुपर्ने ?
ति दिन गए, अब नयॅा दिन आउनेछ…आउनैपर्छ ।
इतिहासले हिसाब खोज्छ ।