१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

कविता समाजलाई सुसुचित गर्ने महत्वपूर्ण माध्यमः पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौं: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कविता समाजलाई सुसुचित गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा कति तीर्थ श्रेष्ठको एकल कविता वाचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कवितामा व्यक्त आशय र विचारहरु यथार्थमा आधारित हुने बताएनु भयो । यथार्थमा आधारित कुराहरु समाजलाई जानकारी गराउने प्रभावशारी माध्यम भएको जिकिर गर्नुभयो । कविताका माध्यमबाट देश र संसारलाई बुझ्ने अवसर मिल्ने बताउनु भयो ।

पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो,‘कवितामा व्यक्त जो आशय र विचारहरु छन्, यथार्थमा आधारित कुराहरु छन् । त्यो यथार्थ कुरा समाजलाई जानकारी गराउने विभिन्न माध्यमहरु हुन्छ । कविता यस्तो प्रभावशाली माध्यम हो, जसबाट हामीले एकैछिनमा संसारलाई बुझ्ने अवसर प्राप्त हुन्छ । हामीले देश र संसारलाई कतिवतामार्फत बुझ्न पायौँ ।’

पूर्वराष्ट्रपति भण्डारीले कविता वाचन जस्ता कार्यक्रमहरु आगामी दिनमा देशव्यापी रुपमा हुँदै जानुपर्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल

कवि श्रेष्ठले नेपाली जनजीवनमा गर्नसक्ने काम आफूले लेखनमार्फत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले कवि श्रेष्ठको साहित्य रचनाले नेपाली साहित्य र भाषा अध्ययनमा सहयोगी हुने बताउनुभयो । उहाँले राष्ट्रियताको सोच र चिन्तनलाई भावी पुस्तासम्म हस्तान्तरण गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

तस्बिरः प्रदीपराज वन्त÷रासस