११ चैत्र २०८१, सोमबार
March 24, 2025 Monday

23.85°C

काठमाडौं

23.85°C

Kathmandu

Feels-like: 22.94

Wind: 2.57

Humidity: 25

Latest
प्रधानमन्त्री र देउवा भेट्नुअघि शीतल निवास पुगे प्रचण्ड कुलेखानीको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन मन्त्रिपरिषद्को बैठक बस्दै अस्पताल बनाएर मात्रै हुँदैन, क्षमतावान चिकित्सक उत्पादन गर्न जरुरीः स्वास्थ्यमन्त्री पौडेल प्रेस चौतारीको महाधिवेशनः तोकिएका बाहेकलाई मनोनयनपत्र दिईएन पुँजीबजारको ओरालो यात्रा थामियो, नेप्से परिसूचक २६ अङ्कले बढ्यो त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियू चुनाव हुने एसइईमा ‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन कालोपुलमा गुठीको जग्गा अतिक्रमण गरेर बनेका संरचनामा महानगरको डोजर प्रधानमन्त्री कपः कर्णालीविरुद्ध बागमतीको सहज जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वविशिष्टहरुलाई सुविधा दिन हुँदैनः स्वास्थ्यमन्त्री



अ+ अ-

नेपालगञ्ज: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पूर्वविशिष्टहरुलाई सुविधा दिन नहुने बताउनुभएको छ ।

नेपाली कांग्रेस बाँकेले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पूर्वविशिष्टलाई सुविधा दिने व्यवस्था हुँदैन भन्नुभयो । राज्यले उहाँहरुलाई मानसम्मान गर्नु ठीक हो तर सुविधा भने दिननहुने बताउनुभयो

उहाँले नेपालगञ्ज मेडिकल कलेजका समस्या कलेज प्रशासन आफैले खोज्नुपर्नेमा जोड दिनुभयो ।  “मेडिकल कलेज, नीति र नियमले चल्नुपर्छ र राज्यले निर्धारण गरेका सम्पूर्ण नीतिनियमलाई मान्नुपर्छ”, उहाँले भन्नुभयो ।

मन्त्री पौडेलले अब कुनै पनि सरकारी, निजी तथा सामुदायिक अस्पतालका दक्ष जनशक्तिलाई दिने तलब श्रम ऐनले तोकेबमोजिम नभए ती अस्पतालको सम्बन्धन खारेज गरिने चेतावनी दिनुभयो । उहाँले औषधिको मूल्य समायोजनका लागि काम हुन लागेको जानकारी दिँदै राष्ट्रिय उत्पादनलाई प्रोत्साहन हुनेगरी काम गरिने बताउनुभयो ।

स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि सरकारले धेरै लगानी गरेको उल्लेख गर्दै ती सबै पूर्ण क्षमतामा सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले बिरामीहरुका लागि स्वास्थ्य बिमालाई प्रभावकारी बनाउने सरकारको योजना रहेको सुनाउँदै ६६ लाख घरपरिवारलाई बिमा योजना जोडिने बताउनुभयो । रासस