११ चैत्र २०८१, सोमबार
March 24, 2025 Monday

14.49°C

काठमाडौं

14.49°C

Kathmandu

Feels-like: 13.27

Wind: 2.06

Humidity: 49

तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल २०२५ आजबाट सुरुः कोलकाता र बेंगलुरु भिड्दै, यस्तो छ हेड-टु-हेड



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औं सिजन आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेल डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) बीच कोलकातामा हुनेछ । खेल नेपाली समयअनुसर बेलुकाको ७ः४५ बजेबाट सुरु हुनेछ ।

लिगको अन्तिम सिजनको फाइनल खेल कोलकाता र हैदरावादबीच भएको थियो । जसमा कोलकाताले हैदरावादलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक आईपीएलको उपाधि जितेको थियो । बेंगलुरु भने आफ्नो पहिलो उपाधि जित्ने दाउमा छ ।

हेड-टु-हेडमा कोलकाता अगाडि

हेड-टु-हेडमा कोलकाता बेंगलुरुभन्दा अगाडि छ । यी दुईबीच हालसम्म ३५ वटा आईपीएल खेल भएका छन् । जसमा कोलकाताले २१ र बेंगलुरु १४ खेल जितेको छ । इडेन गार्डेनमा भने दुवै टोली १२ पटक भिडेकोमा केकेआरले ८ पटक जितेको छ भने आरसीबीले मात्र ४ पटक जितेको छ ।

कोलकातामा विश्व स्तरका अलराउन्डरहरू

श्रेयस अय्यर बाहिरिएपछि कोलकाताको कप्तानी अनुभवी अजिंक्य रहाणेलाई सुम्पिएको छ । अलराउन्डरमा आन्द्रे रसेल, रमनदीप सिंह र वेंकटेश अय्यर छन् । टोलीमा वरुण चक्रवर्ती, स्पेन्सर जोन्सन, वैभव अरोरा र हर्षित राना जस्ता उत्कृष्ट बलर पनि छन्।

बेंगलुरुसँग हेजलवुड-भुवनेश्वर जस्ता म्याच विनर छन्

बेंगलुरुले आईपीएलमा आफ्ना बलरहरूसँग प्रायः संघर्ष गरेको छ, तर टोलीले यो सिजन जोस हेजलवुड र भुवनेश्वर कुमार जस्ता म्याच विजेताहरूलाई समावेश गरेको छ। टोलीमा म्याच जित्ने स्पिनर नभए पनि क्रुणाल पाण्ड्या टोलीका सबैभन्दा अनुभवी स्पिनर हुन्। फ्रेन्चाइजीले रजत पाटीदारलाई आईपीएल २०२५ को कप्तानमा नियुक्त गरेको छ ।

पिच रिपोर्ट

इडेन गार्डेन रंगशालाको पिच ब्याटिङमैत्री छ । यस रंगशालामा हालसम्म ९३ आईपीएल खेल भइसकेका छन् । यहाँ पहिले ब्याटिङ गर्ने टोलीले ३८ खेल जितेका छन् भने पछ्याउने टोलीले ५५ खेल जितेका छन् । यस स्टेडियमको उच्चतम टोली स्कोर २६२/२हो, जुन गत वर्ष कोलकाता विरुद्ध पञ्जाब किंग्सले बनाएको थियो।

दुबै टोलीको सम्भावित प्लेइङ-११:

कोलकाता नाइट राइडर्सः अजिंक्य रहाणे (कप्तान), सुनिल नारायण, क्विन्टन डी कक (विकेटकीपर), भेंकटेश अय्यर, अङ्क्रिश रघुवंशीरमनिष पाण्डे, रिंकु सिंह, आन्द्रे रसेल, रमनदीप सिंह, स्पेन्सर जोन्सन, वैभव अरोरा, हर्षित चक्रवरी र वरुण।

रोयल च्यालेन्जर्स बैंगलोरः रजत पाटीदार (कप्तान), विराट कोहली, फिल साल्ट, लियाम लिभिङ्स्टन, जितेश शर्मा, टिम डेभिड, क्रुणाल पाण्ड्या, भुवनेश्वर कुमार, जोस हेजलवुड, यश दयाल र सुयश शर्मा।