५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले सिंगापुरलाई पहिलो पटक हराउँदै ऐतिहासिक जित हासिल गर्यो



अ+ अ-

काठमाडौं। नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा ऐतिहासिक जित निकाल्दै सिंगापुरलाई १-० ले पराजित गरेको छ।

खेलको एक मात्र निर्णायक गोल जिलेस्पी जंग कार्कीले गरे। शुक्रबार साँझ सिंगापुरको नेशनल स्टेडियममा भएको खेलमा फिफा वरियतामा १५ स्थान माथि रहेको सिंगापुरलाई हराउँदै नेपालले ऐतिहासिक सफलता हात पारेको हो।

नेपालका लागि खेलको १२औं मिनेटमा जिलेस्पीले गोल गरे। मनिष डाँगीको उत्कृष्ट क्रसमा जिलेस्पीले पेनाल्टी बक्सभित्र वान टच फिनिश गर्दै नेपाललाई अग्रता दिलाए।

त्यसपछि पनि नेपालले केही अवसरहरू सिर्जना गरे पनि गोल गर्न सकेन। सिंगापुरले घरेलु मैदानमा बराबरी गोल फर्काउने प्रयास गरेपनि नेपाली डिफेन्स र कप्तान किरण चेम्जोङको उत्कृष्ट प्रदर्शनका कारण असफल रह्यो।

यो जित नेपालका लागि विशेष रह्यो, किनभने यसअघि खेलेका तीन अफिसियल खेलमा नेपाल सिंगापुरसँग पराजित भएको थियो। नेपालमा भएको सिल्भर जुब्ली कपमा मात्र दुवै टोलीले बराबरी खेलेका थिए।

एफसी एसियन कप छनोट अन्तर्गत मलेसिया विरुद्धको खेलअघि नेपालले तयारीस्वरूप यो मैत्रीपूर्ण खेल खेलेको हो। अब नेपाल उच्च मनोबलका साथ छनोट खेलमा सहभागी हुनेछ।