३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विज्ञापन बजारमा ८० प्रतिशतसम्म कमी



अ+ अ-

काठमाडाैंः कोभिड १९ संक्रमणको जोखिम नियन्त्रणका लागि लकडाउन भएपछि विज्ञापन बजारमा ८० प्रतिशतसम्म कमी आएको नेपाल विज्ञापन संघ (आन)ले बताएको छ ।

आनका अध्यक्ष रवीन्द्रकुमार रिजालले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि विज्ञापन बजारमा ८० प्रतिशत सम्म गिरावट आएको बताउनुभएको छ । तर पछिल्लो समय लकडाउन खोलिएपछि भने विज्ञापन बजारमा ५० प्रतिशत सुधार आएको उहाँले बताउनुभयो ।

लकडाउन सुरुभएपछि पनि डेढ महिना सम्म व्यवसायीहरु पर्ख र हेरको अवस्था रहदा विज्ञापन बजारमा कुनै असर नपरेको तर त्यसपछि भने एकैपटक ८० प्रतिशतले कारोबार घटेको उहाँले बताउनुभयो । उक्त समयमा सबैभन्दा धेरै असर पत्रपत्रिकामा परेको पनि उहाँले बताउनुभयो ।

रेडियो र टेलिभिजनमा खासै असर नपरेपनि पत्रपत्रिकामा सबैभन्दा बढी असर परेको बताउनुभयो । उद्योगी व्यवसायीहरुले नेपालको मिडियाको लागि काम गर्नुपर्छ भन्ने वातावरण नबन्दा सम्म विज्ञापन बजारमा सुधार हुन नसक्ने उहाँको भनाई छ । त्यसका लागि सरकारबाट नै सहयोग हुनुपर्ने रिजालले बताउनुभयो ।

आर्थिक वर्ष २०७५÷०७६ मा करिब १२ अर्ब बराबरको व्यापार विज्ञापन बजारले गरेको थियो । । त्यसमध्ये ५ अर्बको कारोबार होडिङ बोर्ड र भित्ते लेखनमा भएको थियो भने बाँकी ७ अर्ब बराबरको कारोबार सञ्चार माध्यम मार्फत भएको थियो । तर गत आर्थिक वर्षमा सञ्चार माध्यममा ५ अर्ब बढीले व्यापार घटेर २ अर्बमा सिमित भएको रिजालले बताउनुभयो ।

त्यस्तै होडिङ बोर्डमा १ अर्ब बराबरको विज्ञापन भएकाले समग्रमा ७० प्रतिशत भन्दा बढी कारोबार घटेको उहाँले बताउनुभयो ।

चालु आर्थिक वर्षमा ८ अर्बको विज्ञापन बजार निर्माण हुने अपेक्षा गरिएको तर यहि अवस्था रहेमा औषतमा ५० प्रतिशत कारोबार हुन सक्ने बताउनुभयो । जसमध्ये सञ्चार माध्यमले ४० प्रतिशत भन्दा बढी रकम कन्टेन्टका लागि खर्च गर्ने भएकाले बाँच्न गाह्रो हुने उहाँले बताउनुभयो ।

त्यसैले सरकारले विज्ञापन बजारको वातावारण निर्माण गर्न विशेष पहल गर्नुपर्ने उहाँको भनाई छ । 




भर्खरै