१० श्रावण २०८३, आईतवार
,
Latest
ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर थानाभर्‍याङ क्षेत्रमा पुरुष मृत अवस्थामा फेला जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव मोबाइल नदिएको निहुँमा साथीको हत्या झापामा गत आवमा ३९३ लागुऔषधका मुद्दा दर्ता कञ्चनपुरमा भारत सरकारको सहयोगमा विद्यालय भवन रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु एनएफपिजे नेपालद्वारा ‘फोटो पत्रकारका लागि कृत्रिम बौद्धिकता सीप’ कार्यशाला सम्पन्न बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस विचारमा विविधतासहितको पार्टी होः नेता रिजाल



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा मिनेन्द्रराज रिजालले नेपाली काँग्रेस विचारमा विविधतासहितको पार्टी भएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेस आमनागरिकको विचार र चेतना बोकेको पार्टी भएको बताउनु भयो । उहाँले काँग्रेसले हरेक विचार बोकेका व्यक्तिहरुलाई समेटेर लैजानसक्ने पार्टी भएको दाबी गर्नुभयो । उहाँले पार्टीले विभिन्न विचार र समूहका चेतना बोक्ने भएकाले आमनागरिकले काँग्रेसलाई मेरो पार्टी हो भनेर गर्व गर्नसक्ने अवस्था रहेको जिकिर गर्नुभयो । विश्वका पुराना लोकतान्त्रिक दलहरुमा सबैलाई समेट्न सक्ने क्षमता हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस आमनागरिकको पार्टी हो । आमनागरिकको पार्टी भनेको आमनारिकमा जे चेतना छ पार्टीमा पनि त्यही चेतना गर्ने पार्टी हो । आमनागरिक एकातिर हुने र पार्टी एकातिर हुने त्यो चेतनाको पार्टी नेपाली काँग्रेस होइन । आमनागरिकको पार्टी मात्रै होइन नेपाली कांग्रेस असाध्यै फराकिलो छाताको पार्टी हो । नेपाली काँग्रेसलाई मेरो पार्टी हो भनेर भन्ने मान्छेहरुका बीचका पनि असाध्यै ठुलो विचारमा विविधता भएको पार्टी हो । दुनियाँका पुराना र लोकतान्त्रिक पार्टीहरुमा त्यो खालको चरित्र रहन्छ ।’

नेता रिजालले काँग्रेस र एमालेको वर्तमान सरकारले आगोको पर्खाल निर्माण गरी निषेधको राजनीति गरेको आरोप लगाउनु भयो । सरकारले सुशासनमार्फत जनताका निराशा सम्बोधन गरी विश्वासको आधारमा दलहरुसँग संवाद गरेर संविधान संशोधन गर्नुपर्ने उहाँको भनाइ छ । –