२६ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपछिको खोज तथा उद्धारमा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा न्यूजिल्यान्डलाई धन्यवाद चिलिमे जलविद्युत् गृहमा फसेका कर्मचारीको उद्धारमा थप आशा, करिब १०० मिटर सुरुङ बाँकी सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण पाठ्यभार घटाउँदै एआईसम्म, राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशबाट सुझाव बाबुराम भट्टराईको आह्वान : ‘किनेर खाँदा स्वदेशी स्याउ मात्रै किनौँ’ गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो ‘ब्रिक्स’ सम्मेलनको पूर्वसन्ध्या : लगानीको ‘टिप’ बाट सुरु भएको ‘ब्रिक्स’ कसरी बन्यो पश्चिमा एकाधिकार हल्लाउने… इभीमा आगलागी, चालकको मृत्यु एनभिएलःकाठमाडौँ र कर्णाली फाइनलका लागि भिड्दै भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा बलमा थुक लगाउने प्रतिबन्ध हट्यो



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएल २५ मा बलमा थुक लगाउने प्रतिबन्ध हटाएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार बोर्डको आईपीएल समितिले बिहीबार मुम्बईमा कप्तानसँगको बैठकमा सहमतिमा पुगेर यो निर्णय गरेको हो । तर, बोर्डले यसबारे आधिकारिक धारणा भने दिएको छैन ।

कोरोना भाइरसका कारण बोर्डले २०२० मा बलमा थुक लगाउन प्रतिबन्ध लगाएको थियो तर आईसीसीले अन्तर्राष्ट्रिय क्रिकेटमा यो नियम अझै खुकुलो गरेको छैन ।

बैठकले कम्मरभन्दा माथि बल गएमा नोबल र लेग स्टम्प बाहिर वा अफ वा वाइड भएमा डीआरएस बोलाउने निर्णय पनि स्वीकृत गरेको छ ।

स्लो ओभर रेटका कारण कप्तानलाई प्रतिबन्ध नगर्ने निर्णय पनि भएको छ । हार्दिक पाण्ड्या र ऋषभ पन्तलाई एक एक खेलको प्रतिबन्ध लगाइएपछि यो निर्णय गरिएको हो ।

बलमा थुक लगाउनाले फास्ट बलरहरूलाई सबैभन्दा धेरै मद्दत गर्छ । यसले बललाई राम्रो स्विङ बनाउँछ । बलर र फिल्डरहरूले बललाई कपडाले रगड्ने र थुक लगाउने गरेको तपाईंले याद गर्नु भएको होला ।

तिनीहरू एक तर्फ बलको चमक कायम राख्न प्रयास गर्छन् । ताकि बल स्विंग गर्न सजिलो हुन्छ । यस प्रक्रियामा, धेरै पटक उनीहरूले बलसँग धेरै छेडछाड गर्छन्, जुन बल टेम्परिङको दायरामा आउँछ ।

भारतीय बलर मोहम्मद शामीले च्याम्पियन्स ट्रफीको समयमा बलमा थुक लगाउने नियममा परिवर्तन गर्न माग गरेका थिए । उनले पत्रकार सम्मेलनमा भनेका थिए, ‘आधुनिक क्रिकेट बलरका लागि कठिन भएको छ । रिभर्स स्विङ गर्न गाह्रो छ, तर आईसीसीले बलमा थुक लगाउन प्रतिबन्ध लगाएको छ ।’

 




भर्खरै