२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday

15.27°C

काठमाडौं

15.27°C

Kathmandu

Feels-like: 14.37

Wind: 1.54

Humidity: 58

Latest
धनगढी एफसीको सहज जित तीनकुने घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले नलिने २२ बल बाँकी छँदै पञ्जाबले लक्ष्य पूरा गर्‍यो, लखनउमाथि ८ विकेटको जित रोमाञ्चक जितसहित रियल मड्रिड कोपा डेल रेको फाइनलमा राप्रपाका वरिष्ठ नेता बोहोराको शव श्रद्धाञ्जलीका लागि आज पार्टी कार्यालयमा राखिँदै आर्सनलले फुलहमलाई हरायो, नटिङहमसँग युनाइटेड स्तब्ध चैते दसैँमा कालिका मन्दिरमा पर्यटक बढे प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबीच भेटवार्ता हुँदै राहत बोकेर नेपाली सेनाको विमान आज म्यानमार जाँदै भारत सरकारको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिभाको बढी भन्दा बढी सदुपयोग गर्न जरुरीः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिभाको बढी भन्दा बढी सदुपयोग गर्न जरुरी रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका १० व्यक्तित्वहरुलाई सम्मान गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले प्रतिभा सबैसँग हुने तर प्रतिभाको कसले कति प्रयोग ग¥यो भन्नेकुरा महत्वपूर्ण हुने जिकिर गर्नुभयो । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभाशाली व्यक्तिलाई पुरस्कार दिने घोषणा राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा गरेको थियो । प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्मान गर्नुभयो । प्रधानमन्त्री ओलीले उचाई कहिल्यै नसकिने भन्दै सबैले उचाई चुम्दै जानुपर्ने बताउनु भयो । उपलब्धिबाट सन्तुष्टि लिन नहुने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘प्रतिभा हरेकसँग हुन्छ, तर प्रतिभाको सदुपयोग कति ग¥यो भन्नेकुरा मुख्य हो । कसैको मन व्यापक हुन्छ, मस्तिष्क व्यापक हुन्छ, राष्ट्रव्यापी, जनव्यापी धारणा हुन्छ, कुनै एउटा विषयमा उन्नति प्रगति, खोज अनुसन्धान गरिरहेको हुन्छ, उपलब्धि हाँसिल गर्दछ । यहाँहरु १० जना त्यस्तै व्यक्ति हुनुहुन्छ । कोही पर्वतारोही, कोही समाजसेवी । तपाईंहरुले आफ्नो क्षेत्रमा ठूलो योगदान दिनुभएको छ । यसमा सबैको ध्यानाकर्षण भएको छ ।’

पुरस्कृत हुनेमा टेलिमेडिसिनतर्फ डा छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा विराजसिंह थापा (मोरङ), कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ (गोरखा), विज्ञान प्रविधितर्फ डा आभास मास्के (काठमाडौं) र हरिराम श्रेष्ठ (गोरखा)हुनुुहुुन्छ । यस्तै चिकित्सा क्षेत्रतर्फ डा ओममूर्ति अनिल (महोत्तरी), खेलकुदतर्फ सावित्रा भण्डारी साम्बा (लमजुङ), सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी (भक्तपुर), समाजसेवातर्फ दिलशोभा श्रेष्ठ (काठमाडौं) र रामजी अधिकारी (गोरखा)पुरस्कृत हुनुुभएको छ ।