१० चैत्र २०८१, आईतवार
March 23, 2025 Sunday

22.21°C

काठमाडौं

22.21°C

Kathmandu

Feels-like: 21.19

Wind: 4.12

Humidity: 27

Latest
बारामा एघार हजार मेट्रिकटन तेलहन उत्पादन मुस्ताङको कागबेनी स्नानस्थल जोखिमपूर्ण खानेपानी संस्थानको विनियमावली कार्यान्वयनमा लैजान मन्त्री यादवको निर्देशन सांसद चन्दको प्रश्नः शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक कता हरायो पूर्वराजालाई पार्टी अध्यक्ष बनाउन राप्रपालाई देउवाको सुझाव ६६ लाख ५९ हजारले लिए स्थायी लेखा नम्बर, सात महिनामै ४ लाख २६ हजार करदाता… दीपक मलिकको घर भत्काइएको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग नेपाली बजारमा चिनियाँ विद्युतीय सवारीसाधनहरुको वर्चश्व झनै बढ्यो आईपीएलः ‘एल क्लासिको’ मुम्बई र चेन्नई भिड्दै, वर्षाले खेल बिथोल्ने सम्भावना भब्य दर्शक सहभागिता माझ नेपथ्यको एडिलेड कन्सर्ट सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

समय रैनाको भारत भ्रमणमा लेटेन्ट विवादको प्रभाव, फ्यानलाई टिकटको पैसा फिर्ता गर्ने



अ+ अ-

एजेन्सी । ‘इण्डियाज गट लेटेन्ट’ शोमा अभिभावकमाथि गरेको अश्लील टिप्पणीको मुद्दामा पक्राउ परेपछि समय  रैनाको समस्या बढ्दै गएको देखिन्छ ।

हालै हास्यकलाकारलाई साइबर सेलले तेस्रो पटक बोलाएको छ । यसअघि पनि उनलाई दुई पटक बोलाइए पनि उनी हाजिर नभएको खबर छ ।

अहिले विवादका बीच रैनाले केही समयका लागि भारतमा हुने आफ्ना सबै शो रद्द गरेका छन् ।

रैनाले आफ्नो इन्स्टाग्रामबाट घोषणा गरेका छन्– ‘नमस्ते साथीहरू, म मेरो सबै भारत भ्रमणहरू पुनः तालिका गर्दैछु । तपाईं सबैले चाँडै रिफन्ड पाउनुहुनेछ, छिट्टै भेटौंला ।’

एएनआई रिपोर्टका अनुसार समय रैना आफ्नो बयान रेकर्ड गर्न मार्च १९ मा साइबर सेलमा हाजिर हुने थियो तर उनी हाजिर भएनन् । अहिले उनलाई साइबर सेलले तेस्रो समन पठाएको छ । समय आफ्नो बयान लिन मार्च २४ मा पुग्नुपर्नेछ ।

केही समयअघि समय रैनाले आफ्नो युट्युब च्यानलमा इन्डियाज गट लेटेन्ट शो सुरु गरेका थिए । डार्क कमेडीका कारण यो शो युवामाझ निकै लोकप्रिय बनेको थियो र शोको सब्सक्राइबर ७३ लाखभन्दा बढी पुगेको थियो ।

यस शोको नयाँ एपिसोड फेब्रुअरी ८ मा स्ट्रिम गरिएको थियो, जसको जज प्यानलमा समय रैना, अपूर्व माखिजा, रणवीर इलाहाबादिया जस्ता व्यक्तिहरू थिए ।

रणवीर इलाहाबादियाले शोमा अभिभावकलाई लिएर एक लाइन भनेका थिए जसका कारण शो विवादमा परेको थियो । प्यानल र कार्यक्रमसँग सम्बन्धित व्यक्तिहरू विरुद्ध धेरै ठाउँमा उजुरी परेको थियो ।