१८ भाद्र २०८३, बिहीबार
,
Latest
सांसद खड्काको अवस्था सामान्य भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

परिवर्तन भएका कानूनलाई कार्यान्वयनमा लैजान सरकारले जोड दिनुपर्छः अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले परिवर्तन भएका कानूनलाई कार्यान्वयनमा लैजान सरकारले जोड दिनुपर्ने बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय उद्योग तथा व्यवसाय महासंघको अधिवेशनमा बोल्दै उहाँले परिवर्तन भएका कानूनलाई कार्यान्वयन गरी सरकारले नीतिगत स्थायित्वको प्रतिवद्धता दिनुपर्ने बताउनुभएको हो ।

वर्तमान सरकारले अवरोध मानिएका कानूनमा सुधार गरेर व्यवसायिक वातावरण बनाउन खोजेको निर्णय स्थायी रुपमा राख्न पनि स्थायित्व आवश्यक भएको बताउनुभएको हो । अध्यक्ष ढकालले सरकारले कानूनमा संशोधन गरेर अगाडि सारेको व्यवस्था तुरुन्त कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भयो । नेपालमा राम्रा कानून र व्यवस्था भएपनि कार्यान्वयन पक्ष फितलो हुँदा कसैले लाभ लिन नसकेको सत्यलाई सबैले बुझ्न जरुरी रहेको बताउनु भयो । नीतिगत स्थायित्व भए नेपालमा नेपालभित्रकै पुँजी र लगानीले धेरै काम गर्ने वातावरण बन्ने पनि बताउनु भयो । सरकारले व्यवसायिक वातावरण बिथोल्ने पक्षलाई समयमै चिन्नुपर्ने पनि बताउनु भयो ।

विभिन्न समयमा व्यवसायी र उद्योग प्रतिष्ठानमा हुने अवरोध र अवाञ्छित क्रियाकलापहरुले नेपालमा लगानी गरेर गल्ती गरियो की भन्ने सोच आउन थालेको गुनासो गर्नुभयो । व्यवसायीले उद्योग प्रतिष्ठान सञ्चालन गर्न लिएको जोखिम र हिम्मतलाई कसैले नजरअन्दाज गर्न नहुने बताउनु भयो ।