१६ चैत्र २०८१, शनिबार
March 29, 2025 Saturday
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले चैत ९ गते प्रथम राष्ट्रिय पानी सम्मेलन गर्ने



अ+ अ-

काठमाडौँ । नेपाल सरकारले चैत ९ गते प्रथम राष्ट्रिय पानी सम्मेलन–२०२५ आयोजना गर्ने भएको छ ।

शुक्रवार काठमाडौंमा जल तथा ऊर्जा आयोगले पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी दिएको हो ।

सम्मेलन चैत्र ९ र १० गते दुई दिनसम्म सञ्चलन हुनेछ । पत्रकार सम्मेलनमा बोल्दै जल तथा ऊर्जा आयोगको सचिवालयका प्रवक्ता कलानिधि पौड्यालले नेपालले जलस्रोतको दीगो व्यवस्थापन र विकासलाई सुनिश्चित गर्नुपर्ने बताउनु भयो । उहाँले जलवायु परिवर्तनका असरलाई न्युनिकरण गर्दै जलस्रोतको उपभोगका लागि स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारी बिस्तार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सबैको सहकार्यबिना जलस्रोत तथा मौसमसम्बन्धी चुनौतीहरुको सामना गर्न नसकिने बताउनु भयो । दीगो जलस्रोत व्यवस्थापन र जलवायु अनुकुल रणनीतिहरु कार्यान्यन गर्न सरकार अग्रसर रहेको उहाँको भनाइ छ ।

पानीको बहुउपयोगबाट देशको आर्थिक तथा सामाजिक रुपान्तरणमा टेवा पुग्ने भएकाले पानीको महत्वका बारेमा सम्बन्धित विज्ञहरुसँग छलफल गर्न सम्मेलन गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । कार्यक्रममा जलस्रोतको अन्तरदेशीय सहकार्य तथा जलस्रोत उपयोगमा रहेका चुनौतीका बारेमा छलफल हुने बताइएको छ ।