१५ चैत्र २०८१, शुक्रबार
March 28, 2025 Friday

27.33°C

काठमाडौं

27.33°C

Kathmandu

Feels-like: 26.22

Wind: 5.14

Humidity: 17

Latest
म्यानमारमा शक्तिशाली भूकम्प, बिमस्टेक स्थगित हुन सक्ने सरकारले १५ वर्ष मुनिका आर्थिक रुपमा विपन्न बालबालिकाको मुटु सम्बन्धी रोगको निःशुल्क उपचार गर्ने काठमाडौंका पाँच क्षेत्रमा कर्फ्यु जारी (सूचीसहित) राजवादीलक्षित महासचिव चन्दको टिप्पणीः जनतालाई प्रभुहरुको खाँचो छैन काठमाडौँका तीन स्थानमा कर्फ्यु तीनकुनेमा दुर्गा प्रसाईंको ताण्डव राजावादीद्वारा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड वंशको शासन फर्काउन कुचेष्टा गर्नेले ठूलो मूल्य चुकाउनुपर्छः अध्यक्ष नेपाल पूर्वराजा ज्ञानेन्द्रलाई अर्को गल्ती नगर्न दाहालको चेतावनी तीनकुने प्रतिगामी र निरङ्कुशतावादीहरुको प्रतिक जस्तो बन्योः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय उत्पादनमा जोड दिन प्रधानमन्त्री ओलीको आग्रह



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय उत्पादनमा जोड दिन आग्रह गर्नुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित उद्योग व्यवसायी महासंघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उद्योग व्यवसायको स्थिति धेरै राम्रो नभएपनि राम्रोतर्फ उन्मुख भइरहेको बताउनु भयो । उहाँले सरकारले व्यवसायसम्बन्धी नीतिहरु पनि सोहीअनुसार अघि बढाइरहेको बताउनु भयो । राष्ट्रिय उत्पादनमा जोड दिँदै देशका लागि आवश्यक उपभोग्य वस्तुहरु आफैँ तयार गर्नसके र आत्मनिर्भर बन्नसके देशलाई अगाडि लैजान सकिने जिकिर गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘उद्यम, व्यवसाय, उद्योगको व्यवसायको स्थिति धेरै राम्रो छैन । तर राम्रोतर्फ उन्मुख भएको छ । हामीले हाम्रा नीतिहरु पनि तदनुसारकै राम्रा नीतिहरु लिएर अघि बढेका छौँ । राष्ट्रिय उत्पादनमा जोड, हाम्रा आवश्यकताहरु, उपभोग्य वस्तुहरु हामी आफैँ तयार गर्नसकौँ भन्ने जोड, आत्मनिर्भरतामा देशलाई लैजान सकौँ भन्ने जोड, हाम्रो निर्याततर्फ उद्योगहरु स्थापना गरौँ, निर्यातलाई बढावा दिऔँ, त्यसमा जोड, आयात प्रतिष्थापन गरौँ । हामीले धागो, कपडा, जुत्ता, मोजा उत्पादनमा जोड दिनुपर्नेछ । पर्याप्त स्तरीय सावन उत्पादन गर्नुपर्नेछ, दन्त मञ्जन उत्पादन गर्नुपर्नेछ । बिहान उठ्नेबित्तिकै आफ्नै देशमा बनेको ब्रस, मञ्जनले मुख सफा गर्न पाउँदा कति खुशी हुन्थ्यो, त्यो पनि हाम्रो स्थिति छैन ।’

प्रधानमन्त्री ओलीले नेपालीले आफ्ना उत्पादनहरु प्रयोग गर्ने बानी बसाउनुपर्ने बताउनु भयो ।