१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको आर्थिक वृद्धिबाट नेपालले लाभ लिन बिज्ञको सुझाव



अ+ अ-

काठमाडौं। नेपालले आर्थिक वृद्धि र भौतिक समृद्धिका लागि चीनको विकासबाट पाठ सिक्नुपर्नेमा विज्ञहरू तथा राजनीतिक नेताहरूले जोड दिएका छन्।

‘फ्रेन्ड्स अफ सिल्क रोड क्लब-नेपाल’ द्वारा बिहीबार आयोजित एक कार्यक्रममा उनीहरूले पछिल्लो चार दशकमा चीनले हासिल गरेको आर्थिक वृद्धिबाट नेपालले लाभ लिन सक्ने बताए।

कार्यक्रममा नेकपा (एमाले) स्थायी समिति सदस्य तथा पूर्व उद्योगमन्त्री कर्णबहादुर थापाले नेपाल-चीन सम्बन्ध विस्तार गर्दै दिगो विकासका नीति कार्यान्वयनका लागि साझेदारी बढाउनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो ‘यसका लागि हामीले कूटनीतिक सम्बन्धलाई राजनीतिक तहबाट अझै बलियो बनाउनुपर्छ।’

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय समिति सदस्य तथा बागमती प्रदेशसभा सदस्य युवराज चौलागाईंले नेपाल र चीनबीच आर्थिक क्षेत्रको गहिरो सहकार्य आवश्यक रहेको उल्लेख गर्दै चीनको आर्थिक उदय नेपालका लागि लाभदायक हुनसक्ने धारणा व्यक्त गरे।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले चीनको प्रविधिगत विकासबाट नेपालले प्राविधिक ज्ञान लिँदै अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत सीईडीएका कार्यकारी निर्देशक प्रा. डा. अर्जुन कुमार बराल र परराष्ट्र मामिला विज्ञ गोपाल खनालले चीनको आर्थिक वृद्धि, औद्योगीकरण, आधुनिकीकरण, सुशासन र सुधारका रणनीतिबाट नेपालले सिक्नुपर्ने बताउनु भयो।

फ्रेन्ड्स अफ सिल्क रोड क्लब(नेपालका महासचिव डा। कल्याणराज शर्माले चीनसँग लगानी साझेदारी बढाउनु आवश्यक रहेको भन्दै नेपालले चीनबाट ठूलो परिमाणमा वैदेशिक लगानी भित्र्याउन सक्ने बताउनु भयो ।