५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सुपर लिगको ओपनिङ सेरोमोनीमा दुर्गेशले गीत गाउने



अ+ अ-

काठमाडौं । गायक तथा कलाकार दुर्गेश थापाले नेपाल सुपर लिग (एनएसएल) को ओपनिङ सेरोमोनीमा गीत गाउने भएका छन् । दुर्गेशले पहिलोपटक स्टेडियम शो गर्ने भएका हुन् ।

केही नयाँ अनुभव हुने अपेक्षा रहेको बताउदै उनले भने, ‘सुपर लिगको ओपनिङमा गीत गाउने कार्यक्रम छ । स्टेजमा थुप्रै प्रस्तुति दिइयो, यो भने मेरो पहिलो स्टेडियम शो हुनेछ ।’

‘दुस्मन हेरेको हेर्‍यै’ गीत चर्चित भएपछि दुर्गेश अहिले मेलामहोत्सव तथा स्टेज कार्यक्रममा व्यस्त छन् ।

तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल चैत १६ गतेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुँदै छ । प्रतियोगितामा ७ टिमले सहभागिता जनाउनेछन् ।