१५ चैत्र २०८१, शुक्रबार
March 28, 2025 Friday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 16.59

Wind: 1.03

Humidity: 59

तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलबाट ‘गायब’ भएका यी पाँच टोलि जसबारे तपाईलाई थाहा नहुन सक्छ



अ+ अ-

काठमाडौँ । १८ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) भोलि (शनिबार)देखि सुरु हुँदैछ ।

उद्घाटन खेल कोलकाता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)बीच कोलकातामा हुनेछ । दुवै टोली सन् २००८ देखि सुरु भएको आईपीएलको पहिलो सिजनदेखि नै प्रतियोगितामा सहभागी हुँदै आएका छन् ।

यस पटक १० टोलीले भाग लिनेछन्, तर १८ वर्षको आईपीएल इतिहासमा ५ टोली यस प्रतियोगिताको हिस्सा रहेनन् । सचिन तेन्दुलकरले ती मध्ये एकविरुद्ध मात्रै टी–२० शतक बनाएका छन् । त्यस्तै, च्याम्पियन बने पनि एउटा टोली प्रतियोगिताबाट गायब भएको छ ।

यसैबीच आज आईपीएलबाट गायब भएका ५ टोलिबारे चर्चा गरौँ ।
कोची टस्कर्स केरला
रोन्डेउ स्पोर्ट्स वर्ल्ड कम्पनीले २०१० मा कोच्चिको टोली १५५५ करोडमा किनेको थियो । २०११ सिजनमा टोलीहरू ८ बाट १० मा बढाइएको थियो । कोची प्रतियोगिताको ९औँ टोली थियो ।

महेला जयवर्धनेको कप्तानीमा रहेको टोलीमा ब्रेन्डन म्याकुलम, रविन्द्र जडेजा, मुथैया मुरलीधरन, आरपी सिंह र श्रीसान्त जस्ता स्टार खेलाडी थिए । यसका बाबजुद पनि टोलीले १४ खेलमध्ये ६ खेल मात्रै जित्न ससक्यो र अंक तालिकामा ८ नम्बरमा रहँदै प्लेअफमा पुग्न सकेन ।

कोचीले एक सिजन मात्र खेल्यो, तर उविरुद्ध क्रिकेटका भगवान मानिने सचिन तेन्दुलकरले आफ्नो टी–२० करियरको एकमात्र शतक बनाए ।

सचिनको शतकले मुम्बई इन्डियन्सले १५ अप्रिल २०११ मा वानखेडे स्टेडियममा १८२ रन बनाएको थियो । तर, यो स्कोर टोलीको जितका लागि पर्याप्त भएन, कोचीले १९ ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । म्याकुलमले ८१ रन बनाएर खेल जिताएका थिए ।

किन बेपत्ता भयो ?
फ्रेन्चाइज मालिकहरूले बीसीसीआईको बैंक ग्यारेन्टी नवीकरण गर्न सकेनन् । मालिकले २६ मार्च २०११ भित्र बैंकमा ग्यारेन्टी बुझाउनुपर्ने थियो । बोर्डले करिब ६ महिना कुर्यो तर सम्झौताको १५६ करोड रुपैयाँ पाएन ।

जसका कारण बीसीसीआईले १९ सेप्टेम्बर २०११ को वार्षिक बैठकमा टोलीलाई बर्खास्त गरेको थियो । यद्यपि, टोलीका सबै खेलाडीलाई कुनै नोक्सान नहोस् भनेर लिलामीमा राखिएको थियो ।

पुणे वारियर्स
सहारा इन्डियाले २०१० मा पुणेस्थित फ्रान्चाइजी लगभग १७०० करोड भारुमा किनेको थियो । पुणे वारियर्स इन्डिया आईपीएल २०११ मा सामेल हुने १० औं टोली थियो । युवराज सिंह, सौरभ गांगुली र आरोन फिन्च जस्ता खेलाडीले टोलीको कप्तानी गरेका थिए ।

रोबिन उथप्पा, मनिष पाण्डे, स्टिभ स्मिथ, भुवनेश्वर कुमार र आशिष नेहराजस्ता खेलाडी पुणेको हिस्सा थिए । यसका बाबजुद पनि टोलीले ३ सिजनमा २६ प्रतिशत मात्र खेल जित्न सक्यो । टोली प्रत्येक पटक आठौं वा नवौं स्थानमा रह्यो ।

पीडब्लुआईले प्रतियोगितामा खास केही गर्न सकेन, तर उविरुद्ध कीर्तिमान अवश्य बनेको छ । २३ अप्रिल २०११ मा, टोलीले बेंगलुरुमा आरसीबीविरुद्ध खेल्यो ।

खेलमा आरसीबीका ओपनर क्रिस गेलले मात्र ३० बलमा शतक बनाए । उनले ६६ बलमा १३ चौका र १७ छक्का प्रहार गर्दै १७५ रनको इनिङ खेले । टी–२० इतिहासमा अहिलेसम्म गेलभन्दा ठूलो रन कुनै पनि खेलाडीले बनाउन सकेको छैन । आरसीबीले २० ओभरमा २६३ रन जोड्यो, जुन १० वर्षको लागि आईपीएलको उच्चतम स्कोर पनि रह्यो ।

किन गायब भयो ?
पुणे फ्रेन्चाइजी मालिक सुब्रत रोयले २०१३ मा रु १७०.२ करोडको बैंक ग्यारेन्टी नवीकरण गर्न सकेनन् । यसको म्याद मे २ सम्म थियो, बीसीसीआईले मे २० सम्म पर्ख्यो र त्यसपछि अघिल्लो ग्यारेन्टी पैसा आफ्नो खातामा स्थानान्तरण गर्यो । बीसीसीआईको यो कदमपछि सुब्रत रोयले आईपीएलबाट आफ्नो टोलीको नाम फिर्ता लिए ।
अक्टोबर २६ मा बीसीसीआईले पुणे वारियर्सलाई पनि बर्खास्त गर्यो ।

डेक्कन चार्जर्स
डेक्कन क्रोनिकल होल्डिंग्स लिमिटेड (डिएचसिएल) ले डेक्कन चार्जर्स फ्रान्चाइजी रु १ हजार करोडमा खरिद गर्यो । यो टोली सन् २००८ मा पहिलो सिजनदेखि नै प्रतियोगिताको हिस्सा रह्यो । टोलीले एडम गिलक्रिस्ट र कुमार संगकाराको कप्तानीमा ५ सिजन खेलेको थियो ।

डेल स्टेन, रोहित शर्मा, साइमन्ड्स, हर्शेल गिब्स, प्रज्ञान ओझा र शाहिद अफ्रिदी जस्ता खेलाडी टोलीमा थिए । यसका बाबजुद पनि टोलीले ३८ प्रतिशत मात्र खेल जित्न सक्यो ।

डेक्कनको उत्कृष्ट सिजन २००९ मा आएको थियो, जब प्रतियोगिता दक्षिण अफ्रिकामा खेलिएको थियो । टोलि चौथो स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । गिलक्रिस्टको कप्तानीमा टोलीले सेमिफाइनलमा दिल्लीलाई र फाइनलमा बेंगलुरुलाई पराजित गर्दै उपाधि जितेको थियो ।

टोलीले २०१० को सेमिफाइनलमा पनि स्थान बनाएको थियो, तर चेन्नईसँग हारेर बाहिरियो । यी दुई सिजन बाहेक टोली हरेक पटक सातौं वा आठौं स्थानमा रह्यो ।

कसरी गायब भयो ?
जुन २०१२ मा, (डिएचसिएल)ले आफ्नो फ्रान्चाइजीहरू बेचिरहेको छ भन्ने समाचार बाहिर आयो । अगस्टसम्म टोलीले आफ्ना केही खेलाडीलाई तलबसमेत दिन सकेन । बीसीसीआईले उसलाई जतिसक्दो चाँडो तलब तिर्न चेतावनी दिएको थियो । ऋणमा डुबेको फ्रेन्चाइजीले बीसीसीआईको स्वीकृतिपछि सेप्टेम्बरमा टोली बेच्न प्रस्ताव गर्यो ।

सेप्टेम्बर १४ मा, बीसीसीआईले फ्रेन्चाइजी समाप्त गर्यो । फ्रेन्चाइजीहरुले खेलाडीको तलब तिर्न नसकेकाले उनीहरुको प्रतियोगितासँग सम्बन्धित ऋण पनि बढ्दै गएको बोर्डले जनाएको थियो । टोलीले १०० करोडको बैंक ग्यारेन्टी पनि नवीकरण गर्न सकेन । फ्रान्चाइजीले उच्च अदालत पुगेर ऋण तिर्न अक्टोबरसम्मको समय मागेको थियो ।

१२ अक्टोबर २०१२ मा, बीसीसीआईले आधिकारिक रूपमा डेक्कन चार्जर्सलाई समाप्त गर्यो । टोली खरिदका लागि टेन्डर पनि जारी भएको थियो । २५ अक्टोबरमा, सन टिभी नेटवर्क लिमिटेडले ५ वर्षका लागि ४२५ करोड रुपैयाँमा हैदरावाद फ्रन्चाइजी खरिद गर्यो । टोलीको नाम सनराइजर्स हैदरावाद थियो । सन् २०१३ मा डेक्कन चार्जर्सका खेलाडी मात्रै सनराइजर्स टिममा परेका थिए ।

जुलाई २०२० मा, डिएचसिएल समूहले बीसीसीआईविरुद्ध अदालतमा मुद्दा जित्यो । अदालतले बोर्डले डिएचसीएल समूहलाई ४८१४ करोड रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने आदेश दियो । बीसीसीआईसर्वोच्च अदालत पुग्यो । जुन २०२१ मा, निर्णय आयो कि फ्रान्चाइजी मात्र ३६ करोड रुपैयाँ क्षतिपूर्तिको हकदार छ । यद्यपि, यसले डेक्कन चार्जर्सको आईपीएलमा फर्कने बाटो प्रशस्त गर्न सकेन ।

गुजरात लायन्स
सन् २०१६ मा, इन्टरेस्ट टेक्नोलोजीका मालिक केशव बंसलले गुजरात लायन्स किनेका थिए । राजकोटस्थित फ्रेन्चाइजीले दुवै सिजन सुरेश रैनाको कप्तानीमा खेलेको थियो । गुजरातले रविन्द्र जडेजा, ड्वेन स्मिथ, म्याकुलम र ड्वेन ब्राभोजस्ता खेलाडीलाई रिटेन गर्यो । टोलीमा इशान किशन, दिनेश कार्तिक, आरोन फिन्च जस्ता स्टार खेलाडी पनि थिए ।

गुजरात पहिलो सिजनमा अंक तालिकाको शीर्ष स्थानमा थियो । टोलीले ९ खेल जित्यो तर प्लेअफमा २ खेलमा हार बेहोर्यो । क्वालिफायर–१ मा बेंगलुरु र क्वालिफायर–२ मा हैदराबादसँग गुजरात पराजित भएको थियो । दोस्रो र अन्तिम सिजनमा टोलीले ४ खेल मात्र जितेर अंक तालिकामा ७ नम्बरमा रह्यो ।

कसरी बेपत्ता भयो ?
२०१६ मा, चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सलाई म्याच फिक्सिङ काण्डमा मुछिएपछि दुई सिजन प्रतिबन्ध लगाइएको थियो । आईपीएलले उसको स्थानमा दुई नयाँ टोलीलाई मौका दिएको थियो । ती मध्ये एक गुजरात लायन्स थियो । २०१८ मा, चेन्नई र राजस्थानले पुनरागमन गरे, जसको कारण लायन्सको यात्रा समाप्त भयो । गुजरातमा आधारित फ्रेन्चाइजीले २०२२ मा आईपीएलमा प्रवेश गर्यो, तर यसको स्वामित्व सीभीसी क्यापिटलसँग रह्यो । जसका कारण टोलीको नाम गुजरात टाइटन्स राखिएको हो ।

राईजिङ पुणे सुपरजायन्ट्स
२०१६ मा, आरपीएसजी समूहका सञ्जीव गोयन्काले पुणेमा आधारित फ्रेन्चाइजी खरिद गरे । उनले टिमको नाम राइजिङ पुणे सुपरजायन्ट्स राखे । पहिलो सिजनमा एमएस धोनीको कप्तानीमा टोली आएको थियो । टोलीमा अजिंक्य रहाणे, फाफ डु प्लेसिस, बेन स्टोक्स, स्टिभ स्मिथ, केभिन पिटरसन, रवि आश्विन जस्ता खेलाडी थिए ।

यसका बाबजुद पनि टोलीले पहिलो सिजनमा १४ खेलमध्ये ५ खेल मात्र जित्न सकेको थियो र ८ टोलीमध्ये ७ नम्बरमा रहेको थियो । अर्को सिजन, स्मिथले टोलीको कप्तानी गरे र यसलाई प्लेअफमा लगे । टोलीले क्वालिफायर–१ मा मुम्बई इन्डियन्सलाई २० रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

फाइनलमा फेरि पुणेको भेट मुम्बईसँग भयो । उसले मुम्बईलाई १२९ रनमा सीमित गर्यो । १९ ओभरपछि पुणेको स्कोर ११९–३ थियो । ६ बलमा १३ रन आवश्यक थियो, मिचेल जोन्सन बलिङमा आए । उनले ५ बलमा ९ रन दिए ।
अन्तिम बलमा ४ रन चाहिने क्रममा ड्यानियल क्रिष्टियनले शट खेले तर स्क्वायर लेगमा रहेका फिल्डरले डाइभ गरी बललाई बाउन्ड्री भित्र क्याच गरे ।

फिल्डरले बल फ्याँके, तेस्रो रन लिने प्रयासमा क्रिस्टियन रनआउट भए । जितको धेरै नजिक भए पनि पुणेले १ रनको अन्तरले च्याम्पियन बन्ने मौका गुमाएको थियो ।

किन गायब भयो ?
गुजरात लायन्सजस्तै राइजिङ पुणे सुपरजायन्ट्सलाई पनि २ सिजनका लागि मात्रै आईपीएलको हिस्सा बनाइएको थियो । टोलीले फ्रान्चाइजी सीएसके र आरआरमध्ये एकलाई प्रतिस्थापन गर्यो ।
त्यसैले २०१८ मा दुवै टोलि फर्किनेबित्तिकै आरपीएसजीको यात्रा रोकियो ।

यद्यपि, फ्रेन्चाइज मालिक सञ्जीव गोयन्काले २०२२ मा लखनउमा रहेको आईपीएल टोली किनेका थिए । उनले टोलीको नाम लखनऊ सुपरजायन्ट्स राखे ।