१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा महानगरको उजुरी हेर्ने अधिकारी २५ हजार घुससहित पक्राउ



अ+ अ-

पोखरा । पोखरा महानगरपालिकाको उजुरी फर्छ्यौट शाखामा कार्यरत अधिकारी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले फर्छ्यौट अधिकारी कपिल गिरीलाई बिहीबार घुससहित पक्राउ गरेको हो ।

गिरीले अख्तियारलाई मिलाउन घुस चाहिने भन्दै एक लाख रुपैयाँ रकम मागेकोमा २५ हजार रुपैयाँ लिएको अवस्थामा महानगरको गेट अगाडिबाट पक्राउ गरिएको अख्तियार पोखराका सूचना अधिकारी राकेश पाण्डेले जानकारी दिए ।

गिरीले अख्तियार मिलाउन भन्दै पोखरा महानगरपालिकाको वडा नम्बर १, ३ र ३० हेर्ने अमिनसँग एक लाख रुपैयाँ घुस मागेको खबरपछि अख्तियारले उनलाई २५ हजार घुस रकमसहित पक्राउ गरेको हो ।