२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

देशको विकासका निम्ति सरकारले कामको गति बढाउनुपर्छः लालवीर चौधरी

देशको विकासका निम्ति सरकारले कामको गति बढाउनुपर्छः लालवीर चौधरी
अ अ+ अ-

काठमाडौँ। प्रतिनिधिसभा सदस्य भएको करिब दुई वर्ष भयो । थारु समुदायको प्रतिनिधित्व गरेर सांसद भएको हुँ । संसद्मा पटकपटक यो समुदायको अधिकारका निम्ति आवाज उठाउँदै आएको छु ।

संविधानको मर्मअनुरुप कानुन बनाउने प्रक्रियामा पनि सक्रियताका साथ काम गर्दै आएको छु । राज्यका निकायहरु कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा थारु समुदायको प्रतिनिधित्व न्यून छ । यी तीनवटा निकायलगायत राज्यका हरेक संरचनामा थारु समुदायको अधिकार सुनिश्चितताका निम्ति संवैधानिक र कानुनी व्यवस्था गर्नुपर्छ ।

विसं २०७८ को जनगणनाअनुसार थारु समुदायको जनसङ्ख्या १८ लाख सात हजार १२४ रहेको छ । त्यही जनसङ्ख्याको आधारमा उनीहरुको राज्यका निकायमा सहभागिता सुनिश्चित हुनुपर्छ । संविधान संशोधन गरेर उनीहरुको अधिकार सुनिश्चित गर्नुपर्छ । निजामती, नेपाल प्रहरी, नेपाली सेना र संस्थानलगायत सरकारी जागिरमा थारु जातिको जनसङ्ख्याको आधारमा आरक्षणको व्यवस्था गर्नुपर्छ । अहिले हाम्रो पार्टीबाट प्रतिनिधिसभामा चारजना सांसद हुनुहुन्छ ।

त्यसैगरी १२ जना प्रदेश सांसद हुनुहुन्छ । ‘मधेस प्रदेश’ जस्तै ‘थरुहट प्रदेश’ हुनुपर्छ भन्ने हाम्रो पहिलो माग हो । थारु सामुदायको बाहुल्य रहेका गाउँपालिका र नगरपालिकामा सरकारी कामकाजको भाषाको रुपमा थारु भाषालाई मान्यता दिलाउनुपर्ने हाम्रो अर्को माग हो । सुर्खेत, दाङ र चितवन लगायतका जिल्लाका विभिन्न स्थानमा थारु समुदायको बसोबास रहेको छ ।

नेपालको तराई क्षेत्रमा सबैभन्दा बढी जनसङ्ख्या रहेको छ । मुलुकमा रहेका सबै राजनीतिक दलहरुको लामो सङ्घर्षबाट देशको व्यवस्था परिवर्तन भएको छ । केही मात्रामा देशको विकास पनि भएको छ । तर जुन गतिमा हुनुपर्ने हो, त्यो गतिमा हुन सकेको छैन । जनप्रतिनिधिको नाताले हामीले यो विषय संसद्मा उठाइरहेका छौँ ।

सरकार र शीर्ष नेताहरुले आफ्नो क्षेत्रका लागि मात्रैभन्दा पनि समग्र देशको समान रुपमा विकास गर्नुपर्छ । देशको विकास समान रुपमा हुनुपर्छजस्तो लाग्छ । हाम्रो पार्टीले जुन पार्टीको नेतृत्वमा सरकार बने पनि सहयोग र समर्थन गर्दै आएको छ । हामी सङ्घीय सांसदहरुको काम भनेको मुख्यत नीति निर्माण गर्ने रहेछ । तर स्थानीय तहलाई बजेट चलाउने अधिकार हुन्छ । सांसद कार्यकारी पद होइन । त्यसैले विकासको कामलाई स्थानीय सरकारले पनि प्राथमिकता दिनुपर्छ । सङ्घीयता कार्यान्वयनका लागि प्रदेश र स्थानीय निकायलाई अधिकारसम्पन्न बनाउनुपर्छ । युवा पलायन रोक्न देशमा कुनै न कुनै व्यवसाय सञ्चालन गर्नुपर्छ ।

राज्यले ऋण गरेर भएपनि देशमा उद्योग, कलकारखाना खोल्नुपर्छ । सरकारले जुन गतिमा रोजगारी सिर्जना गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । अहिले देशभित्रै पनि हजारौँ युवा बेरोजगार बस्नुपरेको छ । एकैचोटी रोजगारी सिर्जना गर्छु भनेर हँुदैन । एकैचोटी युवा पलायन पनि रोक्न सकिँदैन । तर रोजगारीको लागि सरकारले उद्योग, कलकारखाना खोल्न सुरु गर्नुपर्छ । कुनै सानोतिनो व्यापार गरौँ भने पनि राम्रो बजार छैन ।

सरकारसम्म पहुँच नभएका जनताले कुनै पनि सरकारी अनुदान पाउन सकेका छैनन् । सङ्घ, प्रदेश र स्थानीय सरकारले दिने कृषि अनुदान वास्तविक किसानले पाउन सकेका छैनन् । सरकारको वरिपरि रहेकाले मात्रै पाएका छन् । सरकारमा भएको पार्टीको मान्छेले मात्रै अनुदान पाएको छ । नेताका नातेदारले मात्रै पाएका छन् । त्यसैले सरकारले तल्लो तहका जनतालाई हेर्नुपर्छ । पिँधमा रहेका जनताको स्वास्थ्य, शिक्षा र बेरोजगारीलगायत उनीहरुको समग्र समस्यालाई सरकारले ध्यान दिनुपर्छ ।

सुशासनको मुख्य बाधक भनेको भ्रष्टाचार हो । भ्रष्टाचारको अन्त्य गर्नैपर्छ । सरकारीस्तरमा त भ्रष्टाचार हुने नै भयो । निजी क्षेत्रमा पनि त्यस्तै भ्रष्टाचार छ । हरेक सरकारका मन्त्री नै भ्रष्टाचारमा संलग्न भएको देखिन्छ । सरकारको मुख्यसचिवदेखि तल्लो तहका कर्मचारी पनि भ्रष्टाचारमा लागेको देखिन्छ । यदि देश विकास गर्दै सुशासन कायम गर्ने हो भने भ्रष्टाचारमा संलग्न सबैलाई कानुनबमोजिम कडा कारबाही गर्नुपर्छ । नेपालमा जागिर खानका लागि पनि घुस दिनुपर्छ । त्यो पनि भ्रष्टाचार हो । एउटा सामान्य सरकारी कागजात बनाउन पनि जनताले महिनौँ कुर्नुपर्छ । त्यो पनि भ्रष्टाचार हो ।

सुशासनको लागि सरकारी कामलाई चुस्त बनाउनुपर्छ । देशमा विकास नभएका कारण, बेरोजगारी भएका कारण, जनताको अवस्थामा सुधार नभएका कारण जनतामा निराशा बढेको हो । त्यो कुरा अहिलेका राजनीतिक दलहरुले बुझ्नुपर्ने हो । पछिल्लो समयमा पूर्वराजाको सक्रियता यत्तिकै बढेको हैन । अहिलेसम्म देशमा जनताको अवस्था परिवर्तन हुन्छ कि भनेर कुरिरहेका थिए । अब उनीहरुको पीडा बाहिर आउँदैछ ।

बर्दिया जिल्लास्थित मेरो निर्वाचन क्षेत्रमा हात्तीको आतङ्क छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट बस्ती नजिकै छ । अस्ति भर्खरै ७५ वर्षको मानिसलाई हात्तीले आक्रमण गरेर मारेको छ । मेरो निर्वाचन क्षेत्रका मानिसलाई जङ्गली बाघ र भालुबाट पटकपटक आक्रमण हुँदै आएको छ । यो विषयमा संसद्मा बोल्दै आएको छु । अबको मेरो योजना भनेको जङ्गली जनावरबाट मानिसमा भइरहेको आक्रमणको समस्या समाधन गर्नेतर्फ केन्द्रित हुनेछ । जङ्गली जनावरको आक्रमणबाट सामान्य गरिब मान्छे मरिरहेको छ । किनभने धनीहरुको घर जङ्गलको नजिकै, खोलाको किनारमा हुँदैन ।

सांसद चौधरीको परिचय

‘नागरिक उन्मुक्ति पार्टी’ का केन्द्रीय सदस्य लालवीर चौधरी प्रतिनिधिसभाको सांसद हुनुहुन्छ । बर्दिया क्षेत्र नं २ बाट निर्वाचित सांसद चौधरी सो पार्टीको प्रमुख सचेतक पनि हुनुहुन्छ । विसं २०७९ को निर्वाचनको समयमा सो पार्टीका अध्यक्ष रेशम चौधरीको उम्मेदवारी खारेज भएपछि नागरिक उन्मुक्ति पार्टीले श्री चौधरीलाई स्वतन्त्र उम्मेदवार उठाएको थियो । उहाँ सांसद हुनुभन्दा अघि सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो ।

(प्रतिनिधिसभा सदस्य चौधरीसँग राससका समाचारदाता सुशील दर्नालले गर्नुभएको कुराकानीको सम्पादित अंश)