२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोटाङमा डढेलो गाउँ पस्दा ६ घर जले, स्थानीयको भागाभाग



अ+ अ-

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा डढेलोबाट ६ घर जलेर नष्ट भएका छन् । केही पशुचौपायाको पनि मृत्यु भएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको गणेशटारस्थित तेर्सालुङ सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा चुमाखु दापसामा बस्ने पूर्णबहादुर राईको घरमा क्षति पुगेको छ ।

यसैगरी सोही स्थानका गजबहादुर राईको दुई तले घर पूर्णरुपमा क्षति भएको छ । यस्तै दिलकुमारी राई, घनश्याम राई, रणबहादुर राई तथा दीर्घराज राईको घर जलेर नष्ट भएका हुन् ।

डढेलबाट गाउँमा आगो सल्किएसँगै स्थानीयको भागाभाग भएको थियो । हुरिबतास चलेकाले हिजो साँझ त अवस्था निकै अत्यासलाग्दो नै भएको स्थानीयले बताएका छन् ।

आगो हिजो सुरु भएर घर जलेको चुमाखु गणेशटार क्षेत्रमा अहिले नियन्त्रण हुने स्थितिमा पुगेको नगरपालिकाका उपप्रमुख रमेशकुमार राउतले जानकारी दिनुभएको छ । तर अर्को क्षेत्र रातमाटे वानम्लातर्फ आगो बढिरहेकाले त्यस क्षेत्रमा जोखिम छ । आगो नियन्त्रण गर्न रणभीम गण दिक्तेल, हलेसी सशस्त्र प्रहरी गुल्म दिक्तेल, इलाका प्रहरी कार्यालय हलेसीको टोलीसहित स्थानीय नागरिक सक्रिय छन् ।