३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोटाङमा डढेलो गाउँ पस्दा ६ घर जले, स्थानीयको भागाभाग



अ+ अ-

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा डढेलोबाट ६ घर जलेर नष्ट भएका छन् । केही पशुचौपायाको पनि मृत्यु भएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको गणेशटारस्थित तेर्सालुङ सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा चुमाखु दापसामा बस्ने पूर्णबहादुर राईको घरमा क्षति पुगेको छ ।

यसैगरी सोही स्थानका गजबहादुर राईको दुई तले घर पूर्णरुपमा क्षति भएको छ । यस्तै दिलकुमारी राई, घनश्याम राई, रणबहादुर राई तथा दीर्घराज राईको घर जलेर नष्ट भएका हुन् ।

डढेलबाट गाउँमा आगो सल्किएसँगै स्थानीयको भागाभाग भएको थियो । हुरिबतास चलेकाले हिजो साँझ त अवस्था निकै अत्यासलाग्दो नै भएको स्थानीयले बताएका छन् ।

आगो हिजो सुरु भएर घर जलेको चुमाखु गणेशटार क्षेत्रमा अहिले नियन्त्रण हुने स्थितिमा पुगेको नगरपालिकाका उपप्रमुख रमेशकुमार राउतले जानकारी दिनुभएको छ । तर अर्को क्षेत्र रातमाटे वानम्लातर्फ आगो बढिरहेकाले त्यस क्षेत्रमा जोखिम छ । आगो नियन्त्रण गर्न रणभीम गण दिक्तेल, हलेसी सशस्त्र प्रहरी गुल्म दिक्तेल, इलाका प्रहरी कार्यालय हलेसीको टोलीसहित स्थानीय नागरिक सक्रिय छन् ।