९ चैत्र २०८१, शनिबार
March 22, 2025 Saturday

24.03°C

काठमाडौं

24.03°C

Kathmandu

Feels-like: 23.14

Wind: 2.06

Humidity: 25

तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटर चहल र धनश्रीको ५ वर्षपछि सम्बन्धविच्छेद



अ+ अ-

काठमाडौँ । क्रिकेटर युजवेन्द्र चहल र उनकी श्रीमती धनश्री वर्माको ५ वर्षपछि सम्बन्ध विच्छेद भएको छ । मुम्बईको पारिवारिक अदालतले बिहीबार आफ्नो फैसला सुनायो ।

युजवेन्द्र र धनश्री मुम्बईको पारिवारिक अदालतमा उपस्थित थिए । बम्बे उच्च अदालतले बुधबार पारिवारिक अदालतलाई चहलको याचिकामा मार्च २० मा फैसला सुनाउन आदेश दिएको थियो ।

न्यायाधीश माधव जमदारको एकल इजलासले चहललाई आइपिएलमा सहभागी गराउनु पर्ने भएकाले २१ मार्चदेखि उनी उपलब्ध नहुने बताए ।

दुवै विगत साढे दुई वर्षदेखि अलग बस्दै आएका थिए । यी दुईबीच ४.७५ करोडमा सम्झौता भएको खबर छ । युजवेन्द्र र धनश्रीको विवाह २२ डिसेम्बर २०२० मा भएको थियो ।

दुवै जना करिब एक घण्टा अदालतमा बसेका थिए । दुवैले अनुहारमा मास्क लगाएका थिए । धनश्रीले सेतो टप र निलो जिन्सको साथ कालो रंगको सनग्लास लगाएकी थिइन् । दुवैले मिडियासँग कुरा गरेनन् । कुनै बयान नदिई अदालत भित्र पसे ।

धनश्री वर्माले झलक दिखला जा–११ को एपिसोडमा युजवेन्द्र चहलसँगको आफ्नो प्रेमकथाको खुलासा गरेकी थिइन् । उनले लकडाउनको समयमा चहलले कसरी डान्स सिक्न आफूसँग सम्पर्क गरेको बताए । यसपछि धनश्री उनलाई नृत्य सिकाउन राजी भइन् । पछि दुवै एक अर्काको प्रेममा परे ।

सन् २०२३ मा युजवेन्द्र चहलले आफ्नो सामाजिक सञ्जालमा एउटा स्टोरी सेयर गरेका थिए, जसमा लेखिएको थियो, नयाँ जीवन आउँदैछ । यसपछि अभिनेत्री धनश्रीले इन्स्टाग्राममा आफ्नो प्रयोगकर्ता नामबाट चहल उपनाम हटाएकी थिइन् ।

यसपछि उनीहरुको सम्बन्धविच्छेदको हल्लाले तीव्रता पाएको थियो । तर, क्रिकेटरले पछि सम्बन्धविच्छेदको खबरलाई अफवाह भनेका थिए ।

युजवेन्द्र अहिले भारतीय टोलिबाट बाहिर छन् । उनी २०२४ को टी–२० विश्वकप जित्ने टोलीमा थिए तर उनले एक खेल पनि खेल्ने मौका पाएनन् । उनले भारतका लागि जनवरी २०२३ मा अन्तिम ओडीआई खेलेका थिए भने अन्तिम टी–२० अगस्ट २०२३ मा खेलेका थिए । यसपछि पनि उनलाई पञ्जाब किङ्सले आईपीएल २०२५ को लिलामीमा १८ करोडमा किनेको थियो ।