१५ श्रावण २०८३, शुक्रबार
,
Latest
मधेसको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शाह र मधेसवादी दलबीच छलफल धनुषामा मृत फेला परेका व्यक्ति मन्दिरका पुजारी नभएको पुष्टि, घटनालाई धर्मसँग नजोड्न प्रहरीको आग्रह सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल देशभर हर्षोल्लासका साथ साउन १५ मनाइँदै प्रतिफल नदिने पूर्वाधारमा ऋण लगानी गर्दा मुलुक संकटतर्फः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ब्रड पिक दुर्घटना : यी हुन् निर्मल पुर्जासहित बेपत्ता भएका नेपाली सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु इरानमाथि अमेरिकी सेनाको नयाँ हवाई आक्रमण, सैन्य अखडाहरूमा व्यापक क्षति राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘भूठान’ले फ्राईडे नाईट विथ ह्याप्पियस्ट म्यान क्याम्पेन गर्ने



अ+ अ-

काठमाडौँ । आगामी वैशाख १२ मा प्रदर्शन हुन लागेको चलचित्र ‘भूठान’ले हरेक शुक्रवार काठमाडौका चल्तीका चियापसल र रेष्टुँराहरुमा फ्राईडे नाईट विथ ह्याप्पियस्ट म्यान क्याम्पेन गर्ने भएको छ ।

यही सिलसिलामा पहिलो कार्यक्रम थापाथलीस्थित चियावालामा चैत्र ८ गते साँझ ५ः३० मा हुन लागेको हो । यो कार्यक्रममा चियापसलमा आएका जो कसैले आफनो गीत,कविता, मुक्तक, गजल, क्यारिकेचर प्रस्तुत गर्न सक्ने साथै चलचित्र भूठानको टिजर र गीतको समीक्षा पनि गर्न सक्नेछन्। हरेक हप्ता एकजना सेलिबे्रटीलाई सो कार्यक्रममा ह्यापियस्ट गेस्टको रुपमा निमन्त्रणा गरिनेछ ।

यो हप्ता कवि एवं संचारकर्मी रुपेश श्रेष्ठले प्रमुख अतिथीको रुपमा अन्तिममा आफ्नो प्रस्तुती दिनेछन्। कार्यक्रममा उपस्थित मध्य ३ जनाले लक्की ड्रमार्फत सोही कार्यक्रममै भूठानको टिकट पनि जित्नेछन्।

चलचित्रका एक निर्माता अविरल थापाका अनुसार यो कार्यक्रम गर्नुको अभिप्राय चलचित्रका दर्शकसँग प्रत्यक्ष साक्षात्कर गर्नु , सिनेमाको बारेमा गफ गर्दै मनोरञ्जन गर्नु रहेको छ । थापाका अनुसार मार्च २० तारिखलाई संयुक्त राष्ट्र संघले अन्तराष्ट्रिय खुशी दिवसको रुपमा मनाउँदै आएको छ र सोही अवसर पारेर वैशाख ५ गतेसम्म खुशीको हप्ता मनाउने कार्यक्रम घोषणा गरिएको हो  ।

चलचित्र भूठान विदेशमा रहेको आप्रवासीले आफ्नो घर फर्कन नपाएको कथामा विनोद पौडेलले निर्देशन गरेका हुन् भने यसमा हरिवंश आचार्य,दयाहाङ राई,पुजा चन्द,रिचा घिमिरे,अदिती प्याकुरेल,जोयश पाण्डे लगायत हलिउड कलाकार ब्रुस डर्नको पनि अभिनय रहेको छ ।




भर्खरै