७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन सरकार प्रतिवद्ध छः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

बिहीवारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले द्धन्द्धकालमा भएका घटनाका कारण पीडित भएका व्यक्ति तथा निजका परिवारका सदस्यले छिटोभन्दा छिटो न्याय पाउन भन्नेकुरामा सरकार संवेदनशील एवं गम्भिर रहेको समेत बताउनु भयो । उहाँले वेपत्ता तथा मेलमिलाप आयोग ऐन, २०७१ तेस्रो पटक संशोधन गरिएको समेत बताउनु भयो । उहाँले वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीहरुको नियुक्ति प्रक्रिया यथासक्य छिटो शुरु गर्ने समेत प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘द्धन्द्धकालमा भएका घटनाका कारण पीडित भएका व्यक्ति तथा निजका परिवारका सदस्यले छिटोभन्दा छिटो न्याय पाउन भन्ने कुरामा सरकार संवेदनशील एवं गम्भिर छ । शान्ती प्रक्रियाको बाँकी काम टुंग्याउने प्रक्रियामा आम सरोकारवालाहरुसँगको परामर्शमा बेपत्ता पारिएका व्यक्तिको छानविन, बेपत्ता तथा मेलमिलाप आयोग ऐन, २०७१ तेस्रो संशोधन भएको छ । हामीले यसै अधिवेशनबाट यसै संसदबाट गरेका छौं । साथै बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीहरुको नियुक्ति प्रक्रिया यथासक्य छिटो शुरु गरि शान्ती प्रक्रियाको बाँकी काम टुंग्याउन सरकार प्रतिवद्ध छ ।’

उहाँले द्वन्द्वपीडितको न्यायको लागि सरकार दृढ रहेको बताउनु भयो ।