१० चैत्र २०८१, आईतवार
March 23, 2025 Sunday
Latest
योगदानमा आधारित स्वास्थ्य बिमा प्रणालीको आवश्यकता छः मन्त्री पौडेल राष्ट्रियसभामा विभिन्न विधेयक पेस क्षयरोगका बिरामी खोज्दै स्वास्थ्य कार्यालय जनता उज्यालोबाट अन्धकारतर्फ जान सक्दैनन्ः महासचिव पोखरेल ‘स्रोतको सही सदुपयोग गरी मुलुकको आर्थिक विकासमा लाग्नुपर्छ’ पानी टयाङ्करले ठक्कर दिँदा दुईको मृत्यु उपप्रधानमन्त्री प्रकाशमानलाई मेयर बालेनको सुझाव– कांग्रेसको माटोमा नमिसाउनु होला अमृत साइन्स क्याम्पस स्ववियुमा एमाले निकट अखिल प्यानल विजयी थुनुवालाई मापदण्ड बमोजिम हिरासतमा राखेका छौँः प्रहरी महानिरीक्षक थापा इशान किशनको शतकमा राजस्थान रोयल्सलाई २८७ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–चीनबीचका १४ वटा व्यापारिक नाका सञ्चालनमै छन्ः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन बीचको १४ वटा परम्परागत व्यापारिक नाकाहरुमध्ये १३ नाका पुनःसञ्चालनमा आइसकेको बताउनुभएको छ ।

बिहीवारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले बझाङ जिल्लाको उरैभञ्ज्याङ सुचारु गर्नका लागि कुटनीतिक पहल भइरहेको बताउनु भयो । उहाँले सीमा नाका रहेको जिल्लाका नेपाली नागरिकलाई चीन आवगमनका लागि अनुपति पत्र उपलब्ध गराउन कार्यविधिसेमत कार्यान्वयनमा आइसकेको बताउनु भयो । व्यापारिक नाका सञ्चालन तथा सीमा व्यवस्थापनबारे सन् २०१९ मै नेपाल र चीनबीच हस्ताक्षर भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘नेपाल–चीनको सिमानमा रहेका १४ स्थानमा रहेका परम्परागत व्यापारिक नाकाहरु पुनः सञ्चालन गर्ने सीमा व्यवस्थापन सम्बन्धमा नेपाल र चीनबीच सन् २०१९ मा हस्ताक्षर भएको व्यहोरा जानकारी गराउँदछु । सोही बमोजिक चीनसँग सीमा जोडिएको जिल्लाका नेपाली नागरिकहरुलाई चीन आवगमन गर्न अनुमति पत्र उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८१ कार्यान्वयनमा ल्याइएको छ । प्रधानमन्त्री ओलीले नेपाल र चीनबीचका १४ नाकाहरु मध्ये उरैभञ्ज्याङ, बझाङरहेको छ । सो नाका सुचारु गर्न सम्बन्धित निकायहरुसँग समन्वय एवं कुटनीति तवरमा पहल भइरहेको छ ।’

प्रधानमन्त्री ओलीले नाका सञ्चालनमै रहेपनि हिउँ परेका कारण अस्थायी रुपमा केही नाकाबाट आवागमन हुन नसकेको हुनसक्ने बताउनु भयो ।