९ चैत्र २०८१, शनिबार
March 22, 2025 Saturday

24.03°C

काठमाडौं

24.03°C

Kathmandu

Feels-like: 23.14

Wind: 2.57

Humidity: 25

तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलको उद्घाटन समारोहमा क–कसले प्रस्तुती दिनेछन् ?



अ+ अ-

काठमाडौँ । १८ औं संस्करणको आईपीएल शनिबारबाट सुरु हुँदैछ । उद्घाटन समारोह शनिबार बेलुका ६ बजेदेखि कोलकाताको इडेन गार्डेनमा हुनेछ ।

यो अवधिमा इडेन गार्डेनमा क्रिकेटरहरुसँगै स्टारहरुको मेला लाग्ने भएको छ ।

उक्त समारोहमा बलिउड अभिनेता वरुण धवन, अभिनेत्री श्रद्धा कपुर र दिशा पटानीले आफ्नो प्रस्तुति दिनेछन् ।

हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार उद्घाटन समारोहमा श्रेया घोषाल, दिशा पटानी, करण औजला, अरिजित सिंह, श्रद्धा कपुर र वरुण धवनले प्रस्तुति दिनेछन् ।

अमेरिकी पप ब्याण्ड वन रिपब्लिकलाई पनि समारोहमा प्रस्तुति दिनको लागि सम्पर्क गरिएको बताइएको छ ।

पप ब्याण्ड वन रिपब्लिकले हालै करण औजला र दिशा पटानीसँग ‘टेल मी’ गीतको लागि सहकार्य गरेको छ ।

साथै आईपीएलको उद्घाटन समारोहमा शाहरुख खान र सलमान खान पनि आउने अपेक्षा गरिएको छ । उद्घाटनको पहिलो खेल कोलकाता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) बीच खेलिनेछ ।