२६ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपछिको खोज तथा उद्धारमा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा न्यूजिल्यान्डलाई धन्यवाद चिलिमे जलविद्युत् गृहमा फसेका कर्मचारीको उद्धारमा थप आशा, करिब १०० मिटर सुरुङ बाँकी सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण पाठ्यभार घटाउँदै एआईसम्म, राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशबाट सुझाव बाबुराम भट्टराईको आह्वान : ‘किनेर खाँदा स्वदेशी स्याउ मात्रै किनौँ’ गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो ‘ब्रिक्स’ सम्मेलनको पूर्वसन्ध्या : लगानीको ‘टिप’ बाट सुरु भएको ‘ब्रिक्स’ कसरी बन्यो पश्चिमा एकाधिकार हल्लाउने… इभीमा आगलागी, चालकको मृत्यु एनभिएलःकाठमाडौँ र कर्णाली फाइनलका लागि भिड्दै भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलको उद्घाटन समारोहमा क–कसले प्रस्तुती दिनेछन् ?



अ+ अ-

काठमाडौँ । १८ औं संस्करणको आईपीएल शनिबारबाट सुरु हुँदैछ । उद्घाटन समारोह शनिबार बेलुका ६ बजेदेखि कोलकाताको इडेन गार्डेनमा हुनेछ ।

यो अवधिमा इडेन गार्डेनमा क्रिकेटरहरुसँगै स्टारहरुको मेला लाग्ने भएको छ ।

उक्त समारोहमा बलिउड अभिनेता वरुण धवन, अभिनेत्री श्रद्धा कपुर र दिशा पटानीले आफ्नो प्रस्तुति दिनेछन् ।

हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार उद्घाटन समारोहमा श्रेया घोषाल, दिशा पटानी, करण औजला, अरिजित सिंह, श्रद्धा कपुर र वरुण धवनले प्रस्तुति दिनेछन् ।

अमेरिकी पप ब्याण्ड वन रिपब्लिकलाई पनि समारोहमा प्रस्तुति दिनको लागि सम्पर्क गरिएको बताइएको छ ।

पप ब्याण्ड वन रिपब्लिकले हालै करण औजला र दिशा पटानीसँग ‘टेल मी’ गीतको लागि सहकार्य गरेको छ ।

साथै आईपीएलको उद्घाटन समारोहमा शाहरुख खान र सलमान खान पनि आउने अपेक्षा गरिएको छ । उद्घाटनको पहिलो खेल कोलकाता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) बीच खेलिनेछ ।

 




भर्खरै