• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   हिलाम्मे खेतजस्तै सडकको अवस्था, वडाध्यक्ष भन्दछन् ‘सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो’ ★   नयाँ सत्ता समिकरणसँगै अर्थतन्त्र सुधार हुने निजी क्षेत्रको विश्वास ★   बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार? ★   युरो कपमा आज जर्मनी र स्पेन तथा फ्रान्स र पोर्चुगल भिड्दै ★   सुनसरीमा आँप उत्पादन घट्यो ★   नेपालमा गोतोखोरको सङ्ख्या एक सय १० पुग्यो ★   जीवन बचाउने थलो बन्दै चारआली स्थित सर्पदंश उपचार केन्द्र ★   कुटपिटबाट एकको मृत्यु, तीनजना घाइते ★   गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन ★   इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

चितवन राष्ट्रिय निकुञ्जमा भेटिएका पन्छि र जनावर (फोटो फिचर)



तस्वीर: प्रदीपराज वन्त-रासस

चितवन । प्रदेश नं २,३ र ४ का  चितवन, मकवानपुर, पर्सा र  नवलपरासी जिल्लाका केही भू–भागहरूमा फैलिएको चितवन राष्ट्रिय निकुञ्ज नेपालको पहिलो राष्ट्रिय निकुञ्ज हो । नौ सय ५२ दशमलव ६३ वर्गकिलोमिटर क्षेत्रफल रहेको या निकुञ्जले चुरे पहाड, राप्ती, नारायणी र रिउ नदीका मुख्य क्षेत्रहरूलाई समेटेको छ । निकुञ्जको करिब ७० प्रतिशत वन क्षेत्र सालको जङ्गलले ढाकेको छ । सन् २००० मा यो राष्ट्रिय निकुञ्ज ५४४ भन्दा बढी एकसिंगे गैँडालाई संरक्षण दिन सक्षम भएको थियो । 

तर देशमा चलेको राजनीतिक द्वन्द्वका कारण सुरक्षा नीतिमा केही परिवर्तन भएपछि बढेको चोरी शिकारले गैँडाको सङ्ख्या सन् २००५ मा ३७२ वटामा झर्‍यो ।  यस निकुञ्जमा गैँडा, पाटे बाघ, सोँस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लङ्गुरलगायत ६० भन्दा बढी किसिमका स्तनधारी जङ्गली जनावरहरू पाइन्छन् । 

यसैगरी घडियाल गोही, मगर गोही, अजिङ्गरलगायत सरिसृप तथा उभयचर, बसाइँ सरी आएका र रैथाने गरी ५४६ भन्दा बढी जातका चराचुरुङ्गी र विभिन्न किसिमका कीरा फट्याङ्ग्राहरूले यस निकुञ्जलाई अझ धनी बनाएका छन् । यिनै प्राकृतिक महत्वका वस्तुहरूको संरक्षणलाई ध्यानमा राखी सन् १९८४ मा चितवन राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको छ ।

बर्सेनि हजारौँको सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरूले यस राष्ट्रिय निकुञ्जको भ्रमण गर्दा स्थानीय बासिन्दालाई रोजगारीको अवसर प्राप्त हुनुका साथै राजस्व संङ्कलनमा समेत टेवा पुगेको छ ।
्र